मधेश प्रदेशका जिल्लाहरुबाट ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा करिब साँढे १८ करोड राजश्व संकलन गरेको छ ।मधेश प्रदेशका आठै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बाराले गरी आर्थिक वर्ष २०८१ को साउन देखि २०८२ को असार मसान्त सम्म अर्थात आर्थिक वर्ष २०८१/०८२ मा कुल १८ करोड ३७ लाख ९१ हजार तीन सय ५९ रुपैँया राजश्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रवक्ता एवम प्रहरी नाउव उपरिक्षक वकिल बहादुर सिँहले जानकारी दिए।उनका अनुसार दुई लाख आठ हजार ३९ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा मधेश प्रदेशका आठ जिल्लाबाट १८ करोड ३७ लाख ९१ हजार तीन सय ५९ रुपैँया राजश्व संकलन भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले १७ हजार सात सय ६४ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु एक करोड २७ लाख ९३ हजार पाँच सय एक,सिरहाले ३२ हजार एक सय ५७ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ५१ लाख १९ हजार पाँच सय दुई, धनुषाले २८ हजार पाँच सय ३५ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड २१ लाख १० हजार पाँच सय,महोत्तरीले २८ हजार तीन सय ३२ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ५८ लाख ५४ हजार पाँच सय चार,सर्लाहीले २० हजार नौ वटा सवारी साधनलाई कार्बाही गर्दा रु एक करोड ९७ लाख ७३ हजार पाँच सय,रौतहटले १६ हजार दुई सय ४८ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु एक करोड ४७ लाख ३८ हजार,बाराले २३ हजार चार सय २४ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड २४ लाख दुई हजार र पर्साले ३० हजार तीन सय २० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ८१ लाख ४९ हजार तीन सय ५० राजश्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक राजकुमार सिलवालले बताए ।उनका अनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले १९ हजार दुई सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु एक करोड ५० लाख १० हजार पाँच सय दुई राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा दुई सय ८२ वटा ट्रक,८३ वटा टिपर,तीन वटा डोजर/लोडर,दुई सय १५ वटा बस,५६ वटा माइक्रो,सात सय ३९ वटा जीप,चार सय ३० वटा ट्याक्टर,छ सय ९९ वटा टेम्पो र सात हजार दुई सय एक मोटरसाईकलहरु दुर्घटना भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशको तथ्यांकमा उल्लेख गरिएको छ।कुल १० हजार छ सय ७२ वटा दुर्घटनामा नौ सय ६४ वटा अन्य साधनहरु दुर्घटनामा संग्लग्न भएका तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार सय ३५ जना पुरुष,८३ जना महिला,२७ जना बालक र १९ जना बालिकाको मृत्यु भएको छ भने एक हजार नौ सय ७८ जना गम्भीर घाईते हुँदा १० हजार एक सय ४५ जना सामान्य घाईते भएका छन् ।सवारी दुर्घटनामा सबै भन्दा धेरै धनुषामा एक हजार दुई सय २१ र सबै भन्दा कम महोत्तरीमा छ सय ७९ वटा दुर्घटना भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशको तथ्यांकमा उल्लेख छ ।त्यसैगरी सप्तरीमा आठ सय २८,सिरहामा नौ सय ६७,सर्लाहीमा एक हजार ३७,रौतहटमा आठ सय आठ,बारामा एक हजार एक सय ४७ र पर्सामा साय सय ५६ वटा सवारी दुर्घटनामा भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशको तथ्यांकमा उल्लेख छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने,लेन अनुशासन कायम नराख्ने,क्षमता भन्दा बढी राख्ने,जथाभावी पार्किङ गर्ने,तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरे बापत उक्त रकम राजश्व संकलन गरिएको हो । “प्रहरीले जरिवाना मात्र गर्दैन।सकभर कारवाही नहोस् भन्ने चाहन्छ।यसका लागि सचेतना अभियान,सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा संचालन लगायतका जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौं।सुरक्षित र मर्यादित सडकको प्रयोग गर्दै सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न प्रविधिहरूको समेत प्रयोग गर्ने गरिएको छ ।”नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक सिलवालले बताए ।
ट्राफिक व्यवस्थापनलाई चुस्त पार्दै दुर्घटना कम गराउन ट्राफिक प्रहरीले दक्ष जनशक्ति र साधनस्रोतको उचित प्रयोग गर्दै काम गरिरहेको छ।प्रचलित कानून तथा संगठनिक नीति अनुरूप प्रहरीले सरोकारवाला निकाय सँग समन्वय गर्दै सुरक्षित यात्राका लागि प्रभावकारी अभियान संचालन गर्दै आइरहेको छ।तथापि दैनिक रूपमा सवारी नियम उल्लंघनमा सवारी चालकहरू फेला पर्ने गरेका छन्।सवारी चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्नेलाई कारवाही तथा जरिवानाबाट राजश्व संकलन हुने गर्छ।प्रहरी उपरिक्षक सिलवालले बताए ।
“कानून कार्यान्वयनमा कठोरतापूर्वक लागेका छौं।सडक सुरक्षालाई प्राथमिकता राखेका छौं । प्रहरीको आचरण र व्यवहारमा शिष्टता कायम गर्न तल्लीन छौं।नेपाल प्रहरीले ट्राफिकबाट मात्र नभई राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ र अवैध भन्सार छलि लगायतका कार्यहरूबाट समेत राजश्व संकलन गरी वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व संकलन गर्दै आएको छ ।” उनले बताए ।सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १६४ बमोजिम कसूर अनुसार रु पाँच सयदेखि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।