पर्यावरणिय रक्षाको लागि आन्दोलन गर्ने क्रममा ओम प्रकाश महतो(दिलिप)ले २०७६ पुस २५ गते शहादत प्राप्त गरेका भन्दै दिलिपका सपना पुरा गराउने विषयमा आफु सधैँ लागि रहने मधेश प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका मन्त्री शत्रुधन महतोले बताउनु भयो ।उहाँले क्रसर माफियाहरुको विरुद्ध आन्दोलन गर्ने क्रममा दिलिपको निर्मम् तरिकाबाट हत्या गरिएको बताउँदै दिलिपले उठाएको मुद्धाहरुमा आफुहरु विचल्लीत नभई लागि रहने बताउनु भयो ।
आठौँ चुरे दिवश २०७९ को अवसरमा धनुषाको मिथिला नगरपालिका ५ को ओमप्रकाश महतो(दिलिप) पर्यावरण संरक्षण प्रतिष्ठान स्थित औरही बाबा सामुदायिक वन उपभोक्ता समितिको खाली जमिनमा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताउनु भएको हो ।
उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका मन्त्री महतो,वन मन्त्रालयका सचिव विशाल घिमिरे, मधेश प्रदेश वन निर्देशनालयका निमित्त निर्देशक शुरेस प्रसाद शर्मा लगायतले एक कार्यक्रमका विच आठौँ चुरे दिवशको शुभारम्भ गर्नु भएको हो । आठौँ चुरे दिवशको अवसरमा एक दिनमा १ लाख रुख, फलफूलका बिरुवा र बाँसका विरुवाहरु रोप्ने कार्यक्रमको सुरुवात गरिएको राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिका बोर्ड सदस्य शशिकुमार शर्माले जानकारी दिनु भयो ।
‘चुरेको माटो चुरेलाई,सफा पानी हामीलाई’ भन्ने मुलनाराका साथ जुन १६ का दिन चुरे दिवश मनाउन सुरु गरिएको र सोही कार्यक्रमलाई निरन्तरता दिएको मन्त्री महतोले बताउनु भयो । जुन १६ का दिन चुरेलाई संरक्षण क्षेत्र घोषणा गरिएको र सोही दिनबाट चुरे दिवश मनाउन सुरु गरिएको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन भएको दिनको अवसर पारेर हरेक वर्ष असार २ गते(जुन १६)लाई चुरे दिवसको रूपमा मनाउन थालीएको हो ।
दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समिति र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशले १ लाख रुख, फलफूलका बिरुवा र बाँसका विरुवाहरु रोप्ने कार्यक्रमको संयुत्त रुपमा उद्धघाटन गरेको डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख सन्तोष झाले जानकारी दिनु भयो ।
असार महिना वृक्षारोपण महिनाका रूपमा मनाउँदै महिनाभरी प्रदेशका खाली जमिनमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चुरे क्षेत्र हिमालय पर्वतको सबैभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको कमजोर पर्वत शृंखला भएका कारण पनि चुरे दोहन हुँदा चुरे भन्दा तलका बस्तीहरु खतराको घेरामा परेका राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिका बोर्ड सदस्य शशिकुमार शर्माले जानकारी दिनु भयो । उहाँले पछिल्लो क्रममा चुरे मास्ने काम निरन्तर भई रहेको र जसका कारण दिनप्रतिदिनि चुरे भन्दा तलमा बस्तीहरुमा खानेपानी लगायतका नदी कटान।खोती योग्य जमिनको कटान लगायतका काम हुने गरेका बताउनु भयो ।
देशको करिब १३ प्रतिशत भूभाग ओगटेको चुरे क्षेत्र ३७ जिल्लामा फैलिएको र चुरेको संरक्षण गर्न स्थानिय नागरिकहरुका साथै सरोकारला निकायहरुको ध्यान जान जरुरी रहेको चुरे उत्तथानसिल आयोजनाका प्रतिनिधि मोहनचन्द्र विकाले बताउनु भयो । उहाँले सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरिरहेको चुरे संरक्षण कार्यक्रममा तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको पनि बताउनु भयो ।
दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा पर्यावरणिय शहिद दिलिपका बुबाआमा र उनकी श्रीमतीलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ । पर्यावरणिय अभियान सञ्चालन गरेर शहादत प्राप्त गरेका दिलिप जतिको शाहसिक नेपाल आमाको छोरो जन्माउनु भएको भन्दै उनका बुबाआमालाई सम्मन गरिएको हो ।
चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुको बासस्थान र जैविक मार्ग रहेको कार्यक्रमका वत्तःाहरुले बताएका छन् । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले चुरे क्षेत्र संवेदनशील अवस्थामा पुगेको राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिका बोर्ड सदस्य शशिकुमार शर्माले जानकारी दिनु भयो ।