बागमतीमा भण्डारी र ब्रम्हपुरीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राउत

347 Shares

 सर्लाहीको बागमती नगरपालिका र ब्रम्हपुरी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ।लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम कार्बाही प्रभावित भई रहेको अवस्थामा बागमती नगरपालिका मै लेखा अधिकृतको रुपमा काम गरि रहेको प्रतीत भण्डारीलाई बागमती नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा तोकिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बागमती नगरपालिकामा भण्डारीलाई र ब्रम्हपुरी गाउँपालिका मै कार्यरत स्वास्थ्य सेवातर्फका अधिकृत छैठौं उपेन्द्र राउतलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिदिएको हो ।महिनौँपछि प्रमुख प्रशासकीय अधिकृत तोकिएसँगै अब चालू आर्थिक वर्षको योजना सम्झौता, कार्यान्वयन,सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासालगायतको बाटो खुलेको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।उनका अनुसार बागमती नगरपालिका माघ ९ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको थियो ।
त्यसैगरी माघ ९ गते देशभरका २३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्दा ब्रम्हपुरी गाउँपालिकाका राउतलाई दिइएको जिम्मेवारी पनि फिर्ता लिएको थियो ।करिब अढाई महिनापछि पुनः राउतलाई नै आर्थिक अधिकारसहितको निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको ब्रम्हपुरी गाउँपालिकाले जनाएको छ । 
त्यस्तै,निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको सर्लाहीकै धनकौल गाउँपालिकामा भने अहिले कसैलाई पनि जिम्मेवारी दिइएको छैन्।यहाँ माघ ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका स्वास्थ्य सेवातर्फका सिनियर अहेब कृष्ण मोहन प्रसाद साहको जिम्मेवारी खोसिएको थियो  ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी कुल २० वटा स्थानीय तह रहेको सर्लाहीमा अधिकांश स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरामा रहेका छन् । देशभरका सबै भन्दा धेरै स्थानीय तह रहेको सर्लाहीमा जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृत विचको तालमेल नमिल्दा प्रमुख प्रशासकीय  अधिकृत नटिक्ने गरेका एक जानकारले बताए ।

सम्बन्धित समाचार