Close This

माओवादी केन्द्र नगर कमिटिद्धारा शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२ गते   २६११ पटक हेरिएको

नेपाल कम्युनिस्ट  पार्टी (माओवादी केन्द्र ) लालबन्दी नगरपालिका कमिटिले फागु पुर्णिमा(होली)को अवसरमा शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । नगर कमिटिले लालबन्दी नगरपालिका ४ हरिभवनमा फागु पुर्णिमा(होली)को अवसरमा शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।
शुभकामना आदान प्रदान एवम कार्यकर्ता भेटघाट कार्यक्रममा लालबन्दी  नगरपालिकाका १७ वटै वडाका वडा कमिटीका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुका साथै निर्वाचित जनप्रतिनिधिहरु,नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको माओवादी केन्द्र लालबन्दी नगर कमिटिका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा माओवादी केन्द्र मधेस प्रदेशका सह– इन्चार्ज बिश्वनाथ साह,मधेस प्रदेश अध्यक्ष प्रल्हाद बुढाथोकी केन्द्रिय सदस्य अच्युतम काफ्ले , केन्द्रिय सदस्य राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान,केन्द्रिय सदस्य सावित्री बुढाथोकी र  जिल्ला संयोजक कमल बुढाथोकी लगायत माओवादी केन्द्रका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको नेता श्याम श्रेष्ठले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech