पूर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका १२ स्थित कर्मैयाबाट प्रहरीले करिब दुई सय किलो इलाईची नियन्त्रणमा लिएको छ।पूर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका १२ स्थित कर्मैयामा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी र ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी बरिष्ठ नायव निरीक्षक पुज्य बि.सी.को नेतृत्वको संयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा भन्सार छली लुकाई छिपाई रौतहटको गौरबाट जनकपुर तर्फ ल्याउँदै गर्दा ना.४.ख.८४८६ नम्बरको यात्रु बाहक बसको डिक्कीबाट एक सय ९२ किलो विल विजक नभएको इलाईची नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बसको डिक्कीबाट नियन्त्रणमा लिएको अन्दाजी मुल्य रु चार लाख ५० हजार बराबरको एक सय ९२ किलो इलाईची आवश्यक कार्बाहीका लागि भन्सार बुझाउने तयारी भई रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

त्यसैगरी,हरिवन नगरपालिका ७ चार्लीख टोल स्थित सागरनाथ वन विकास परियोजनाको जङ्गलबाट चोरी तस्करी हुन लागेको अवस्थामा करिब १३ क्यु.विफिट सालको काठ प्रहरी चौकी घुर्काैलीको टोलीले नियन्त्रणमा लिएको छ।गस्तीमा रहेको प्रहरीलाई देखेपछि काठ तस्कर भागेपनि काठ नियन्त्रणमा लिन सफल भएको र नियन्त्रणमा लिएको काठ आवश्यक कार्बाहीका लागि सागरनाथ वन विकास परियोजनाको मुर्तिया वन व्यवस्थापन शाखालाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।