बलरा नगरपालिकाको पनि नगर प्रमुख र उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेद्वारहरु विजयी भएका छन् । नगर प्रमुखमा ४ हजार ६ सय ४३ मत ल्याउँदै रामाशंकर प्रसाद कुशवाह निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रीक समाजवादी पार्टीका निवर्तमान नगर प्रमुख समेत रहेका अभय कुमार सिंहले ३ हजार ६ सय ३१ मत पाउनु भयो । त्यस्तै उप प्रमुखमा माओवादी केन्द्रकी कोशिला देवी ४ हजार ३ सय ५१ मत ल्याएर विजयी हुँदा उहाँकी निकटतम प्रतिस्पर्धी लोकतान्त्रीक समाजवादी पार्टीकी रागन देवीले ३ हजार ७ सय ४० मत प्राप्त गर्नुभयो ।
११ वटा वडा रहेको बलरा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका नन्दलाल राउत ३ सय ३० मत, वडा नम्बर २ मा नेकपा एमालेका राम नारायण सहनी ५ सय ४५ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका आनन्द मोहन मिश्र ४ सय २३ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसमा मनी भुषण सिंह ४ सय २० मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका मनोज कुमार सिंह ४ सय ८९ मत, वडा नम्बर ६ मा लोसपाकी अनिता देवी सहनी ७ सय ४५ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रविन कुमार सिंह ६ सय ७ मत, वडा नम्बर ८ मा नेपाली कांग्रेसका छेत्नु साह ६ सय ५ मत, वडा नम्बर ९ मा नेकपा (माओवादी केन्द्र)का विरेन्द्र प्रसाद चौधरी ५ सय ६६ मत, वडा नम्बर १० मा नेकपा (माओवादी केन्द्र)का दिनेश प्रसाद कुशवाहा ६ सय ८३ मत र वडा नम्बर ११ मा नेकपा (माओवादी केन्द्र)का सुखलाल सहनी ५ सय १८ मत ल्याउँदै निर्वाचित हुनु भएको छ ।