सर्लाहीको ईश्वरपुर नगरपालिका १३ स्थित सागरनाथ जंगलमा शिशुकाे मृत्यु भएको घटनाकाे करिब ४ महिना हुँदा समेत छानविन भएको छैन् । असार २० गते साँझ ईश्वरपुर नगरपालिका १३ स्थित जंगलमा टाउको मात्रै देखिने गरी खाल्डो खनेर पुरिएको अवस्थामा अन्दाजी १८/१९ महिने शिशुको शव फेला परेको थियो । वस्तुभाउ चराउन गएका मानिसहरुले असार २० गते साँझ घर फर्किने क्रममा शिशुको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । तर घटना घटेकाे करिब ४ महिना हुनै लाग्दा पनि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास माैन बसेकाे छ । ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक राेशन थापाले एक हप्तामा दाेषीलाई नियन्त्रणमा लिने बताएका भए पनि ४ महिना पुग्नै लाग्दा पनि उनले दाेषी पत्ता लागेका छैनन् । भने शिशुको शव फेला परेको दिनदेखि नै उनको परिचय खुलाउने प्रयास गरिरहेको बताएका प्रहरी निरिक्षक थापाले शिशुकाे सनाखत समेत गराउन सकेका छैनन् । तर, छेउछाउ गाउँका सबै मानिसहरुसँग सोधखोज गर्दा र प्रहरी युनिटहरुमार्फत शिशुको शवको फोटो देखाउँदै हिँड्दा पनि करिब ४ महिना हुनै लाग्दा पनि शिशुको अभिभावक तथा घर, ठेगाना पत्ता नलागेको हाे ।
शिशुको सनाखत खुलाउन र दाेषीलाई नियन्त्रणमा लिन प्रहरी निरन्तर लागिपरहेको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाले बताए । उनले दाेषीहरु भारतमा लुकिछिपि बसेका बुझिएकाे र १/२ दिनमै नियन्त्रणमा लिने बताएका थिए ।
उनले शिशुकाे सनाखत भई सकेकाे बताएर पञ्छिने गरेपनि शिशुकाे सनाखत नभएको पाईएकाे छ ।
कमिसन असुल्नमा व्यस्त रहेका ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापाकाे माैनता किन भन्ने वपषय अहिले चासाेकाे विषय बनेकाे छ ।