विषालु सर्पकाे डसाईबाट लालबन्दी १० का एक वृद्धाकाे मृत्यु

गणेश खड्का    प्रकाशित: २०८०-४-३२ गते   २५० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १० स्थित तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको ज्यान गएकाे छ ।
लालबन्दी नगरपालिका १० स्थित तुलसी टाेलका अन्दाजी  ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको विषालु सर्पको टोकाईबाट ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
श्रेष्ठलाई राति घरमा सुतेकै ठाउँ राति करिब १ बजे गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी नगरपालिका १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 
 गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले घर छेउछाउ सरसफाई गर्न,राति बाहिर निस्कँदा बत्ती बालेर मात्रै हिँड्न,सुत्ने समयमा ओछ्यान राम्रोसँग हेर्न र झुलको प्रयोग गर्न नवलपुर सर्पदंश उपचार केन्द्रका प्रमुख डा. हर्षनारायण झाले आग्रह गरेका छ् । उनका अनुसार याे सिजनमा सर्लाहीमा विषालु सर्पले डसेर ३ जनाकाे मृत्यु भई सकेकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech