नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको सभापतिमा निवर्तमान सभापति नागेन्द्र प्रसाद चौधरीको प्यानल बिजयी भएको छ।नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट चौधरी प्यानल निर्वाचित भएको हो ।सर्लाही सदरमुकाम मलंगवामा शनिबार भएको निर्वाचनमा चार पदाधिकारी र १० सदस्यमध्ये सबैजना चौधरी कै प्यानलबाट निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।एक सय २० मत ल्याई चौधरी पुनः नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको सभापतिमा निर्वाचित भएका हुन।उनका प्रत्यासी हरिकान्तलाल कर्णले ३६ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा शेख साहदुल्लाह ९० मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिद्वन्द्वी विश्वनाथ ठाकुरले ७० मत प्राप्त गरे ।कोषाध्यक्षमा शम्भुु नारायण प्रसाद कुशवाहा ८९ मत प्राप्त गरी बिजयी हुँदा प्रतिस्पर्धी उमेश मिश्रको पक्षमा ६९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।उपमन्त्रीमा रिखेश्वर शर्मा ९० मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मुकेश कुमार मिश्रले ५७ मत प्राप्त गरेका छन् । यस्तै नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको तीन जना महिला सदस्यमा एक सय छ मतसहित सन्दिपा जैसवाल,९८ मतसहित रमा चालिसे र ९३ मतसहित प्रमिला देवी निर्वाचित भएका छन् ।
त्यसैगरी सात जना खुल्ला सदस्यमा एक सय १५ मतसहित उत्तमराज शर्मा, एक सय ११ मतसहित पिताम्बर महतो,एक सय ११ मतसहित इन्द्रकान्त राय यादव,एक सय १० मतसहित योगेन्द्र कुमार साह,एक सय नौ मतसहित सत्यनारायण राय,एक सय सात मतसहित गोविन्द पासवान र एक सय सात मत प्राप्त गरी कोमल मैनाली निर्वाचित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको शुक्रबार उद्घाटन भएको ४४ औँ जिल्ला सभामा नयाँ नेतृत्व चयनका लागि सहमती जुट्न नसकेपछि शनिबार निर्वाचन भएको थियो।जिल्लाका विभिन्न २५ उपशाखा,जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य,मनोनित सदस्य लगायत गरी एक सय ७३ जना मतदातामध्ये एक सय ६४ जनाले मतदान गरेर नेतृत्व चयन गरेका हुन्।नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखामा लामो समयदेखि चौधरीको नेतृत्व रहँदै आएको छ।नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको महिला उपाध्यक्षमा भवानी कोइराला,मन्त्रीमा शशीभुुषण सिंह(राजन) र उप–कोषाध्यक्षमा मधु राय भने शुक्रबार नै सर्व सहमत चयन भएका थिए ।
नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको सभापतिका लागि निवर्तमान सभापति चौधरी र अर्का कर्ण,उप सभापतिमा ठाकुर र सहदुल्लाह,कोषाध्यक्षमा शम्भु कुशवाहा र उमेश मिश्र तथा सहमन्त्रीमा मुकेश र ऋषी शर्माको उम्मेदवारी दर्ता भएको थियो।सात जना खुल्ला सदस्यका लागि १३ जना र तीन जना महिला सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो ।