मधेश प्रदेशमै कम बेरुजुमा लालबन्दी नगरपालिका दोस्रो स्थानमा

838 Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नगरपालिका मधेश प्रदेशका एक सय ३६ पालिकाहरु मध्य कम बेरुजु भएको पालिका बनेको छ । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार मधेश प्रदेशका सबै पालिकाहरु मध्य जिल्लाको लालबन्दी नगरपालिका कम बेरुजु प्रतिशत हुने दोस्रो पालिका बनेको हो ।
मधेश प्रदेशमै सबभन्दा कम बेरुजु प्रतिशत आउने पालिका बाराको परवानीपुर गाउँपालिका पहिलो र लालबन्दी नगरपालिका दोस्रो बनेको हो । परवानीपुर गाउँपालिकाको बेरुजु प्रतिशत ०.९९ रहेको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
लालबन्दी नगरपालिकाको बेरुजु प्रतिशत १.२२ प्रतिशत रहेको छ । त्यस्तै सप्तरीको कञ्चनपुर नगरपालिकाको १.७४ प्रतिशत बेरुजु प्रतिशत रहेको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन,२०७९ आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो ।

सम्बन्धित समाचार