५ किलाे गाँजा सहित मानिस पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१८ गते   २५६ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुर्वपश्चिम लोकमार्गबाट प्रहरीले लागू औषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको  संयुक्त चेकिङ टोलिले बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लाेकमार्गमा सवारी चेकजाँच गर्ने क्रममा ५ किलाे लागू औषध गाजाँ सहित १ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए ।
उनका अनुसार पुर्वबाट पश्चिम तर्फ जादै बा.४७ प.९८१७ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त माेटरसाईकलका चालक सिन्धुलि मरिण गाउँपालिका ३  बरुणका  अन्दाजी बर्ष २४ का दोर्जे मोक्तानलाई माेटरसाईकलमा पछाडि भिर्ने झोलामा खनतलासी गर्दा अंन्दाजी ५  किलाे लागू औषध  गाँजा बरामद् भएको हाे ।
बबरामद् गरिएको लागू औषध गाँजा सहित  मानिस र माेटरसाईकल नियन्त्रणमा लिइ थप  अनुसन्धान कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech