विद्यालयको आर्थिक अनियमितता गर्ने प्रधाानध्यापक राय सम्पर्क विहीन

314 Shares

सर्लाही बरहथवा नगरपालीका ८ को आधारभूत विद्यालय आनन्दनगर टाँडीका निवर्तमान प्रधानाध्यापक विद्यालयको महत्वपुर्ण कागजातहरु लिएर सम्पर्क विहीन भएका छन् ।बरहथवा नगरपालिकाको शिक्षा शाखाले गरेको आन्तरीक सरुवामा बरहथवा नगरपालीका ८ को आधारभूत विद्यालय आनन्दनगर टाँडीबाट बरहथवा नगरपालिका १८ श्रीपुर नयाँटोल स्थित रहेको आधारभुत विद्यालय श्रीपुर नयाँटोलमा सरुवा भएर गएका प्रधानाध्यापक हरिशरण राय विद्यालयको महत्वपुर्ण कागजातहरु लिएर सम्पर्क विहीन भएका बरहथवा नगरपालीका ८ को आधारभूत विद्यालय आनन्दनगर टाँडीले जनाएको छ ।
बरहथवा नगरपालिका १८ श्रीपुर नयाँटोल स्थित रहेको आधारभुत विद्यालय श्रीपुर नयाँटोलमा सरुवा भएर गएका प्रधानाध्यापक रायले विद्यालयको हाल सम्मको श्रेष्ता लिएर फरार भएका भन्दै सो विद्यालयमा सरुवा भएर गएका प्रधानाध्यापक राम इश्वर महतोले ईलाका प्रहरी कार्यालय बरहथवामा निवेदन दिएपछि सो रहस्य बाहिरिएको हो ।
“बरहथवा नगरपालिकाको २०८० भदौ ८ गतेको बैठक निर्णय अनुसार बरहथवा नगरपालिका ८ स्थित रहेको श्री आधारभूत विद्यालय आनन्दनगर टाँडीबाट बरहथवा नगरपालिका १८ श्रीपुर नयाँटोल स्थित रहेको आधारभुत विद्यालय श्रीपुर नयाँटोलमा सरुवा भएर गएका प्रधानाध्यापक रायले बिदा लिएर बसेका र हाल सम्मको श्रेस्ता लिई फरार भएका छन् ।लेखापरिक्षणको लागी लेखापरिक्षकले यस विद्यालयमा २०८० असोज ८ गते पत्र दर्ता गराईएको तर उक्त आर्थिक वर्ष सम्मको कुनैपनि आर्थिक वर्षको आय÷व्यायको श्रेस्ता यस विद्यालयमा नबुझाई लिएर प्रधानाध्यापक रायले आफनै घरमा लेखापरिक्षकलाई बोलाएर लेखापरिक्षण गराई आर्थिक अनियमितता गरेका आशंका गरिन्छ ।”हालका प्रधानाध्यापक महतोले ईलाका प्रहरी कार्यालय बरहथवामा पेश गरेको उजुरीमा उल्लेख छ ।विद्यालयले कात्तिक ७ गते ईलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको भएपनि हाल सम्म पनि कुनै सुनुवाई नभएको प्रधानाध्यापक महतोले गुनासो गरे ।उनले नगरपाकिलाको शिक्षा शाखालाई पनि लिखित जानकारी गराएका छन् ।

सम्बन्धित समाचार