सर्लाहीको बागमती नगरपालिकाले मधेश प्रदेश मै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको छ ।मधेश प्रदेशका एक सय ३६ स्थानीय तहहरु कुनै पनि हाल सम्म साक्षर घोषणा नभएको अवस्थामा बागमती नगरपालिकाले मधेश प्रदेश मै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको हो ।
नगरपालिकाले आगामि दुई वर्ष भित्रमा नगर भित्रका सबै नागरिकलाई शिक्षा मन्त्रालय अन्र्तगतको अनौपचारीक सिकाई केन्द्रले निर्धारण गरेको साक्षरका १२ सूचकहरुलाई आधारमानि साक्षर स्थानीय तह घोषणा गर्न अभियान नै बनाएर लागेको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनका अनुसार नेपालको जनगणना २०७८ अनुसार नगरपालिकामा कुल ४५ हजार चार सय ५९ जनसंख्या रहेका र त्यसको ६८ प्रतिशत निरक्षर रहेका छन् ।
नेपाल सरकारले विगत दुई वर्ष पहिला नै देशलाई नै साक्षर देश घोषणा गर्ने उद्धघोष गरेको भएपनि सो पुरा हुन नसकि रहेको अवस्थामा आगामि दुई वर्ष भित्रमा नगरलाई साक्षर स्थानीय तह घोषणा गर्न नगरका १२ वटै वडाहरुमा निरक्षरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् ।
उनका अनुसार नेपालको जनगणना २०७८ अनुसार नगरपालिकामा कुल जनसंख्या ४५ हजार चार सय ५९ को ६८ प्रतिशत अर्थात करिब १४ हजार जनसंख्या निरक्षर देखिएका छन् । यो तथ्यांक १५ वर्षदेखि ६० वर्ष सम्मको उमेर समुहको रहेको उप प्रमुख मोक्तानले बताइन् ।
बागमती नगरपालिकाका १२ वटा वडाहरुबाट पहिलो चरणमा प्रति वडा पाँच सय जनाका दरले अनौपचारीक शिक्षा कार्यक्रममा सहभागी गराउने र दोस्रो चरणमा बाँकी रहेका निरक्षर नागरिकलाई अनौपचारी शिक्षा कार्यक्रममा सहभागी गराई मधेश प्रदेश कै पहिलो निरक्षर स्थानीय तह घोषणा गर्ने तयारीका साथ तथ्यांक संलकनको काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले जानकारी दिए ।
शिक्षा मन्त्रालय अन्र्तगतको अनौपचारीक सिकाई केन्द्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ,नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम,उमेर लेखाइ र पढाइ,मोवाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न, सुन्य देखि नौ सम्मका अङ्क अक्षर लेखाइ, एक देखि सय सम्म गणना, लेनदेनका हरहिसाव राख्न,सरल चित्र पोष्टर साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता देखाउन,घडी हेरेर समय बताउन,भित्तेपात्रो हेरी तिथि मिति बताउन र बैड्ढ भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने साक्षरतका १२ सूचकहरु उल्लेख गरेको साक्षर स्थानीय तह घोषणा अभियानमा बागमती नगरपालिकामा सहकार्य गरि रहेको वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले जानकारी दिए ।
अनौपचारी सिकाई केन्द्रले निर्धारण गरेका सूचकहरु मध्य कुनै छ वटा सूचकमा पर्ने नागरिक भएमा ती नागरिक साक्षर नागरिक रहेको घोषणा गर्न सकिने उल्लेख गरिएको वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता घिमिरेले बताए ।
बागमती नगरपालिकालाई मधेश प्रदेश कै पहिलो साक्षर स्थानीय तह घोषणा अभियानको पहिलो चरणको कार्यक्रममा करिब छ हजार जना निरक्षर नागरिकहरु सहभागी हुने नगरपालिकाले जनाएको छ । करिब तनि महिना सञ्चालन हुने अभियानको पहिलो चरणमा छुटेका बाँकी निरक्षर नागरिकहरुलाई दोस्रो चरणको अभियानमा सहभागी गराइने नगर शिक्षा शाखाका संयोजक मिन प्रसाद उपाध्यायले जानकारी दिए । नेपाल सरकारले राखेको लक्ष्य पनि पुरा हुने र नगरबासी पनि साक्षर हुने भएकाले साक्षर घोषणालाई अभियान कै रुपमा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।