Close This

परवानीपुुरको एनसेल टावरमा विष्फोट 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-१३ गते   ३१० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा रहेको एनसेल टावरमा विष्फोट गराईएको छ ।
लालबन्दी नगरपालिका–१६ स्थित टावरमा आईतबार राति करिब १ बजेको बीचमा रहेको एनसेल टावरमा विष्फोट गराउदा सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक  विश्वमणी पोख्रेलले बताउनु भयो ।
एनसेल टावरमा विष्फोटबाट सामान्य समस्या रहेको र सामान्य मर्मत गरेपछि केही समयमा नै सञ्चालन गर्न सकिने पोख्रेलले बताउनु भयो। टावरमा विष्फोट कस्ले गरेको हो सो को एकिन नभएपनि विप्लव समूहले विष्फोट गराएको हुन सक्ने आशंका गरिएको र सुरक्षा व्यावस्थालाई थप मजबुत बनाईएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech