सर्लाही ४ का नागरिकको दुःख सुखमा साथमा छु : सभापति थापा

174 Shares

सर्लाही क्षेत्र नम्बर ४ का नागरिकको सेवक हुन आफु सर्लाही आएको नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बताए।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएमा सभापति थापा सोमबार सर्लाही आएर सर्लाही क्षेत्र नम्बर ४ धनकौलमा नेता कार्यकर्तालाई सम्वोधन गर्दै उनले सर्लाही ४ का नागरिकको दुःख सुखमा आफू साथमा रहने प्रतिवद्धता समेत जनाए ।
सभापति थापाले मधेशले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको समेत बताए।उनले स्व.नेता प्रदीप गिरीको स्मरण गर्दै उनीबाटै मधेशबारे धेरै बुझ्न पाएको सुनाएका छन्।घर परिवारबाटै पहाड र काठमाडौंबारे बुझ्न पाए पनि अब मधेशबाट आफू नै प्रतिनिधि भएर बुझ्ने अवसर मिलेको प्रति उनले खुसी व्यक्त गरे।
दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सोमबार मधेश आएका सभापति थापाले कांग्रेस र प्रजातन्त्रलाई मधेशले लगाएको गुण भुल्न नसक्ने बताए । आफूभित्र मधेश र मधेश भित्र आफूलाई ल्याउने प्रयास स्वरुप सर्लाही आएको सभापति थापाको भनाई छ ।
केही वर्षअघि नै पूर्वपश्चिम हुलाकी राजमार्गको यात्रा गर्दा आफूलाई मधेशको प्रतिनिधित्व गर्ने रहर लागेकोमा यो पटक साकार भएको उनले बताए।नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान गरेको मधेशमा अब आफू सेवक भएर काम गर्ने कांग्रेस सभापति थापाले प्रतिवद्धता जनाएका नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए ।उनका अनुसार सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ र काठमाडौंमा स्थायी कार्यालय खोलेरै सर्लाही क्षेत्र नम्बर ४ का नागरिकको समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
आफू कसैविरुद्ध आरोप प्रत्यारोपमा उत्रन नभइ नागरिकको सेवक बन्न सर्लाही आएको कांग्रेस सभापति थापाले बताएका नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहले बताए ।उनका अनुसार मंगलबारबाट सभापति थापाले आफ्नो उम्मेदवारी दिएको क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गर्ने छन् ।

सम्बन्धित समाचार