Close This

लकडाउनबाट पीडित किसानहरुलाई ब्याज अनुदान सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-५ गते   २७४ पटक हेरिएको

जिल्लाका ऋणी कृषकलाई लक डाउन प्रभाव न्युनिकरण गर्न राहत ब्याज अनुदान प्राप्त भएको छ ।प्रदेश नं २ प्रदेश सरकारले कोरोना भाइरस(कोभिड १९) का कारण जारी लकडाउनको प्रभाव न्युनिकरण गर्न राहत स्वरुप ब्याज अनुदान सहयोग गरेको हो । 
 जिल्लाका ऋणी कृषकलाई राहत स्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार प्रदेश  सरकारले सो अनुदान दिएको हो । जिल्ला सदरमुकाम मलंगवामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीको आयोजनामा सोमबार भएको  कार्यक्रममा  प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र आन्तरीक मामिला तथा कानुन राज्य मन्त्री सरोज कुशवाहाले जिल्लाका ऋणी कृषकलाई लक डाउन प्रभाव न्युनिकरण गर्न राहत ब्याज अनुदान हस्तान्तरण गर्नु भएको हो ।
जिल्लाका १ सय ९ वित्तीय संस्था अन्तर्गतका ५ हजार ८ सय ५३ कृषकलाई   राहत अनुदान प्रदान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।कोरोना प्रभावित प्रदेश नं. १ का ८ वटै जिल्लाका ८० हजार कृषकलाई राहत स्वरूप ब्याज अनुदान दिइने योजना रहेको बताउनु मन्त्री साहले बताउनु भयो । पहिलो चरणमा  ५० हजार कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिने उहाँले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech