मापदण्ड विपरित क्रसर उद्योगहरुको अनुगमन सुरु,समिति सदस्यलाई कुनै जानकारी छैन्

311 Shares

सर्लाहीका विभिन्न स्थानहरुमा सञ्चालित क्रसर उद्योगहरुको स्थलगत अवलोक गरिएको छ । जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको नेतृत्वको जिल्लाका सुरक्षा अधिकारीहरु सम्मिलित टोलीले जिल्लाका क्रसर उद्योगहरुको स्थलगत अवलोकन गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए।उनका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १७ रानिगन्जस्थित रहेको प्रिन्स क्रसर उद्योग सहित जिल्लाका केही क्रसर उद्योगहरुको स्थलगत अवलोकन गरिएको र आवश्यक प्रक्रिया पुरा नगरेका उद्योगहरुलाई प्रक्रिया पुरा गर्न निर्देशन गरिएको छ।
जिल्लाका त्रसर उद्योगहरुको स्थलगत अवलोकन गर्ने र मापदण्ड विपरीत संचालित उद्योगहरुलाई मापदण्ड पुरानहुँदा सम्म सञ्चालन नगर्न आग्रह गर्ने पुस २ गते बसेको जिल्ला स्तरिय अनुुगमन समितिको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १७ रानीगन्जस्थित सञ्चालित प्रिन्स क्रसर उद्योगलाई जंगल क्षेत्र र स्थानीय सानो खहरेमा राखिएको नदीजन्य पदार्थका साथै अन्य मापदण्डहरु पुरा गर्न र तयसपछि मात्रै चलाउन भनिएको छ।रातीको समयमा समेत उद्योग चलाइएको भन्दै केही स्थानीयले गुनासो गरेपछि प्रिन्स क्रसर उद्योगलाई तत्कालका लागि नचलाउन र जंगल क्षेत्र र स्थानीय सानो खहरेमा राखिएको नदीजन्य पर्दाथ हटाउन र नहटाई उद्योग चलाउन नदिन इलाका प्रहरी कार्यालय लालबन्दीलाई निर्देशन दिएको जिल्ला स्तरिय अनुुगमन समितिले जनाएको छ ।उक्त क्रसर उद्योगले सार्वजनिक जग्गा,स्थानीय खहरे र वन क्षेत्रलाई संकलन केन्द्र बनाएको, विद्यालय र गाउँबस्ती नजिकै मापदण्ड विपरीत रातीको समयमा समेत सञ्चालन गरेको लगायतका गुनासाहरु आएपछि स्थलगत अवलोक गरिएको र मापदण्ड विपरीत उद्योग सञ्चालन गरिए कानूूनि कारवाही अघि बढाइने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह र सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद राज खनाल लगायतको टोली स्थलगत अवलोकमा निस्केको हो।तर सो टिममा घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रतिनिधि,करदाता सेवा कार्यालयका प्रतिनिधिका साथै डिभिवन वन कार्यालय सहित जिल्ला समन्वय समिति समेत सदस्य रहने व्यवस्था भएपनि क्रसर उद्योगको अनुगमनमा पुगेको टोलीमा सुरक्षा अधिकारी बाहेक अन्यको उपस्थिति नरहेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को घ(६)को व्यावस्था, मधेश प्रदेश सरकारको आर्थिक ऐन २०७९ को दफा ७ “ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी २०७७ मा तोकिएको मापदण्ड र संघिय सरकारको“ढुंङ,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”को धज्जी उडाउँदै जिल्लाका सञ्चालित क्रसर उद्योगहरुका साथै वन क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् हुने गरेका पाइएको छ । 
“ढुंङ,गिट्टी,बालुवा उत्खनन् ,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा के छ ?
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” अनुसार क्रसर संचालन गर्न दूरीको हिसाबले मापदण्ड निर्धारण गरेको छ।सो मापदण्ड अनुसार राजमार्गको राइट अफ वे बाट पाँच सय मिटर,खोला वा नदी किनारवाट पाँच सय मिटर,शिक्षण संस्था,स्वास्थ संस्था,धार्मिक, सांस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई मिलोमिटर,पक्की पुलबाट पाँच सय मिटर,अन्तर्राष्टिूय सिमाबाट दुई किलोमिटर,वन,निकुञ्ज तथा आरक्षबाट दुई मिलोमिटर,घना बस्तीबाट दुई किलोमिटर,हाइटेन्सन लाइनवाट दुई सय मिटर,ऐतिहासिक ताल,तलैया,जलाशय र पोखरीबाट पाँच सय मिटर,चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर दूरीको मापदण्ड कायम गरेको छ ।सर्वोच्च अदालतले “ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७८”स्वीकृत गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दर्ता नं. १९/२-०३९/१/४ को प्रस्ताव मन्त्री परिषद् बैठक स.१/२०७९ मिति २०७९/१/१३ को मन्त्रिपरिषदको बैठकमा पेश वा मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेशा गर्ने निर्णयलाई बदर गरि“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” नै कायम गरेको हो ।
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा रहेको अनुगमन सम्बन्धी व्यवस्था,क्रसर उद्योगको लागि निर्धारित दूरीसम्बन्धी मापदण्ड, केन्द्रीय तहमा समन्वय संयन्त्रको व्यवस्थाल गायतका अन्य सान्दर्भिक विषयहरूमा समसामयिक संशोधन गर्न वाञ्छनीय भएकोले नेपाल सरकारले देहायको मापदण्ड बनाएको छ।
जसमा“प्राविधिक टोली गठन सम्बन्धी व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले तोके बमोजिम हुने,“घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर,राजमार्गको पाँच सय मिटर दूरीभित्रको नदी,”भन्ने वाक्यांश हटाइएको छ।मापदण्डको दफा ४ को उपदफा (१३ क) मा गाउँपालिका वा नगरपालिकाले नदीजन्य पदार्थको संकलनका लागि नदीको धारमा परिवर्तन नहुने व्यवस्था मिलाई ड्याम वा तटबन्ध निर्माण गरी उन्नत प्रविधिको प्रयोगद्वारा रिभर माइनिङ गरी बालुवा प्रशोधन र बिक्री गर्ने कार्य सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न सक्ने र१३ (ख)मा  आवश्यक अन्य व्यावस्था जिल्ला अनुगमन समितिले तोके बमोजिम हुनेछ।”भनिएको छ ।“मापदण्डमा अन्यत्र जुनसकै कुरा लेखिएको भए तापनि प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने छैन,बेमौसमी वर्षाका कारणले खोला वा नदीको बहाव औसत तहभन्दा बढी भएमा जिल्ला विपद् व्यवस्थापन समितिले उपदफा (१६) मा उल्लेख भएको अवधिभन्दा १५ दिन अघि वा पछिसम्मको अवधिमा उत्खनन् कार्यलाई निषेध गर्न सक्नेछ।
“ढुंङ्गा,गिट्टी,बालुवा जस्ता साधारण निर्माणमूखी वस्तुहरुको उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी नीतिगत निर्देशन,समन्वय एवम सहजीकरणका लागि केन्द्रीय समन्वय तथा सहजीकरण समिति रहनेछ।”जुन समितिमा“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरुका साथै खानी तथा भूगर्भ विभागका महानिर्देशक, सम्बन्धित प्रदेशको वातावरण हेर्ने मन्त्रालयका प्रदेश सचिव,योजना तथा विकास सहायता समन्वय महाशाखाका सह सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मीलित समिति गठन हुने “ढुंङग,गिट्टी, बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा व्यावस्था रहेको छ तर सर्लाहीका कुनैपनि क्रसर उद्योगहरुले यस प्रकारको मापदण्ड पुरा गरेका छैनन्,भने सरोकारवाला निकाय समय समयमा कुनै कुनै उद्योगमा पुगेर अनुगमनको बाहना गरि रहेको जानकारहरु बताउँछन् ।
जिल्लाका कुनैपनि खोलाहरुमा नदीजन्य पदार्थको उत्खनन्,निकासी तथा पैठारीको ठेक्का लागेपनि तीनै क्रसर उद्योगहरुले नदीजन्य पदार्थ लिने गरेका छन्।चुरे संरक्षित क्षेत्र अन्र्तगत रहेका ३६ वटा जिल्लाहरुमा सर्लाही समेत पर्ने गरेको भएपनि मापदण्डलाई लत्याउँदै क्रसर माफियाहरु र पर्यावरण विरोधीहरुले आफुखुसी सरोकारवाला निकायलाई आर्थिक प्रभावका साथै राजनैतिक दवावमा पारेर आफ्नो धन्दा चलाई रहेका छन् ।जिल्लाका ठूला नेता तथा पुर्व मन्त्री  भएका मानिसहरुले चलाएका क्रसर उद्योगमा नपुग्ने प्रमुख जिल्ला अधिकारी अधिकारीको नजर प्रिन्समा पुग्नुले उनको नियतमाथि शंका गर्नुपर्ने जानकारहरु बताउँछन् ।जानकारहरुका अनुसार प्र. जि. अ. अधिकारीले उनले  पुर्व मन्त्री तथा नेताहरुको क्रसरमा अहिले सम्म अनुगमन समेत गरेका छैनन् ।

सम्बन्धित समाचार