असोजमा सर्लाही ट्राफिक प्रहरीको १६ लाख बढी राजस्व

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-५ गते   ३५५ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९÷०८० को असोजमा १६ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९÷०८० को असोज महिनामा रु १६ लाख ६ हजार राजश्व संकलन गरेको हो ।
असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका ट्रक ५ सय ८४, बस १ सय ६६,कार,जिप,भ्यान ६ सय १९,ट्याक्टर ८५, मोटरसाईकल ६ सय २४ र अन्य(टेम्पो) १ सय २२ वटा गरी कुल २ हजार २ सय वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १६ लाख ६ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार पूर्वपश्चिम लोकमार्गका साथै जिल्लाका अन्य सहायक सडक मार्गहरुमा ट्राफिक नीयम विपरित सञ्चालीत सवारी साधनहरुलाई कार्बाही गरि रु १६ लाख ६ हजार राजस्व सङ्कलन भएको हो । 
असोज महिनामा १ सय ८ वटा सवारी दुर्घटना भएका छन भने बस ३ वटा,जिप,कार ८वटा,टेम्पो ४ र ८९ वटा मोटरसाईकल दुर्घटनामा संग्लग्न भएका ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने १७ जना गंभिर तथा १ सय २८ जना सामान्य घाईते भएका छन् ।  
त्यस्तै असोजमा महिनामा माद्यक पर्दाथ सेवनमा ५,भारवाहन क्षमता भन्दा बढी भएका ३ सय ४६,सिटबेल्ड रहेल्मेट नलगाएका २ सय २१,कागजपत्र साथमा नभएका ४ सय ४८,सवारी चालक अनुमति पत्र नभएका १ सय ५,बत्तीको अवस्था ठिक नभएका २ सय ३६,तिब्रगतिका २ सय २७,प्रयोजन विपरितलगेज लोड भएका २ सय ११,सिट क्षमता भन्दा बढीयात्रु भएका ३९ र अन्य २ सय ८२ वटा गरि कुल  २हजार २ सय वटा सवारी साधनहरुलाई कार्बाही गरिएको ट्राफिक प्रहरी सर्लाहीले जनाएको छ । बढ्दो सवारी साधनको चाप,साँघुरो सडक,चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपाया र पैदल यात्रुकोहरुमा ट्राफिक सचेतना सम्बन्धी ज्ञानको कमीका कारण सवारी दुर्घटना भएको पाइएकोे ट्राफिक प्रहरी निरीक्षक कार्कीको बताए ।
यता, कार्तिक लागेदेखि नै असोज महिनाको दुर्घटनाको तथ्यांकलाई मुल्यांकन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सडक मै ट्राफिक शिक्षा अभियानलाई थप निरन्तरता दिएको छ भने सवारी चेकजाँचलाई थप कडाईका साथ तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech