बागमती ५ को जनता मा.वि. सहित सर्लाहीका पाँच परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई सम्मान र पुरस्कृत गरिने

393 Shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित तथा स्वच्छ रुपमा सञ्चालन गर्ने सर्लाहीका पाँच वटा परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय भएको छ।केही दिन पहिला सम्पन्न भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित तथा स्वच्छ रुपमा संचालन गर्ने बागमती नगरपालिका ५ स्थित सोल्टी बजार,राजघाटमा रहेको जनता नमुना मा.वि.सहित पाँच वटा परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरिएको जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले जनाएको छ ।समितिका अनुसार अन्य केन्द्र भन्दा तुलनात्मक रुपमा मर्यादित तथा स्वच्छ रुपमा परीक्षा सञ्चालन गर्ने केन्द्र र केन्द्राध्यक्षलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको हो ।
परीक्षा समन्वय समिति सर्लाहीको बैठकले बागमती नगरपालिका ५ स्थित सोल्टी बजार,राजघाटमा रहेको जनता नमुना मा.वि.र केन्द्राध्यक्ष लोकनाथ दाहाल,बरहथवा नगरपालिका १० मुर्तिया सितापुर स्थित रहेको महेन्द्र रत्न जगन्नाथ लक्ष्मीनियाँ नमूना मा.वि. र केन्द्राध्यक्ष भरत महतो, बलरा नगरपालिका ८ गडहिया डुमरिया स्थित रहेको जनता नमूना माध्यमिक विद्यालय र केन्द्राध्यक्ष प्रमोद यादव,ब्रम्हपुरी गाउँपालिका १ स्थित रहेको जलधर कमलदेव नमूना माध्यमिक विद्यालय मा.वि. र केन्द्राध्यक्ष विनिता कुमारी साह र लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित जनज्योति नमूना मा.वि.र केन्द्राध्यक्ष विष्णु बहादुर पोखरेललाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि ३८ वटा परीक्षा केन्द्र तोकिएकामा सम्मानीत तथा पुरस्कृत हुने केन्द्राध्यक्षहरु सोही विद्यालयका प्रधानाध्यपक हुन । 

सम्बन्धित समाचार