बागमती १ मा ४१ सदस्यीय वाईसियल वडा कमिटि गठन

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-१३ गते   ३४९ पटक हेरिएको

नेकपा९माओवादी केन्द्र० निकट योङ कम्युनिस्ट लिग नेपाल बागमती नगरपालिका १ को वडा कमिटि सर्वसहमत चयन गरिएको छ  । माओवादी केन्द्र मधेश प्रदेश कमिटिका सदस्य एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले बागमती नगरपालिका १ को योङ कम्युनिस्ट लिग नेपाल  ४१ सदस्यीय कमिटि सर्वसहमत चयन गरिएको योङ कम्युनिस्ट लिग नेपाल मधेश प्रदेशका ईन्चार्ज मोहन लाल श्रेष्ठ९सन्देश०ले जानकारी दिए ।

उनका अनुसार नव गठित किमिटिको अध्यक्षमा रोशन मोत्तान,उपा अध्यक्ष बुद्दिराज खपाङ्गि,सचिव विवेक कार्की,सह सचिव धनराज बम्जन र कोषा अध्यक्षमा बरुण रायमाझी सहित ४१ सदस्यीय कमिटि सर्व सहमत घोषणाा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम बागमती नगरपालिकाका नगर प्रमुख थापाले महिला,युवा, आदिवासी,जनजाति,दलित तथा पिछडिएका वर्गको पार्टी माओवादी केन्द्र रहेको र यो सबैले बुझ्न जरुरी रहेको बताए । उनले उत्पीडित सबै वर्गको उत्थानका निमित्त आन्दोलनको आधिवेरी नै माओवादी केन्द्र रहेको समेत बताए । उनले समाजलाई कता तिर लैजाने हो भन्ने मुख्य काम युवा वर्गको नै रहेको कार्यक्रमका प्रमुख अतिथि एवम नगर प्रमुख थापाले बताए । उनले युवालाई गंभिर भएर समाजलाई सकारात्मक गतिमा लैजान अनुरोध समेत गरे । 
दिपक भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख थापा,बागमती नगरपालिका १ का वडा अध्यक्ष गंभिर सि पाख्रिङ,बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप कुमार आचार्य,वाईसियल नेपाल मधेश प्रदेशका ईन्चार्ज मोहनलाल श्रेष्ठ९सन्देश० लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।पार्टीको ३ महिने संगठन सुदृढीकरण अभियान अनुसार नै सर्लाहीका हरेक स्थानीय तहहरुमा अभियान सञ्चालन भई रहेको र सोही अनुसार पार्टीका सदस्यता नविकरण तथा  नयाँ सदस्यता वितरण,भातृ संगठन पुर्न गठन लगायतका काम जारी रहेका माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech