पत्रकारीताको १६ वर्ष,एउटा साधारण यात्राजस्तो लाग्न सक्छ,तर यसको हरेक पाइलामा अनुभव, उत्साह,चुनौती र प्रेरणाका अविस्मरणीय स्मृतिहरू अटाएका छन्।सुरुवातका दिनमा पहिलो पटक समाचार लेख्दा आएको उत्साह र त्यसलाई सम्पादनपछि छापिएको देख्दा अनुभव गरिएको खुशी कहिल्यै बिर्सिन सकिँदैन।त्यसबेला कलमको सानो गल्तीले ठूलो प्रभाव पार्न सक्छ भन्ने महसुस भयो।
त्यसपछि रिपोर्टिङका क्रममा देखिएका दृश्यहरूःकिसानका दुःखका कथाहरू,सहरका व्यस्त गल्लीहरूमा खोजिएको सत्य र पीडितहरूको न्यानो हेराइ।यी सबैले पत्रकारिताको जिम्मेवारी र प्रभावबारे मलाई अझ गहिरो रूपमा सोच्न बाध्य पारे।त्यस्तै,ठूलठूला घटनाका प्रत्यक्षदर्शी बन्दै,जीवन र मृत्युका नजिक पुगेका क्षणहरू पनि यो १६ वर्षेको पत्रकारिताको स्मृतिका महत्वपूर्ण पानाहरू हुन्।कुनै आन्दोलन कभर गर्दा गरिएको रातभरको मेहनत,क्यामेराको अगाडि आउने डर र कहिले काहीँ सत्ता र शक्तिसँगको संघर्षले पत्रकारीताको वास्तविकता चिरो पारे।
यी १६ वर्षमा सिकेको सबैभन्दा ठूलो पाठ भनेको समाजमा परिवर्तन ल्याउन सकिने विश्वास हो। सानो कलम र कागजले गरेको कामले कसैको जीवनमा ठूलो प्रभाव पार्न सक्छ भन्ने अनुभूति नै यस यात्राको सार हो।पत्रकारीताले मलाई सिकाएको पाठ र स्मृतिहरू जीवनभरका लागि प्रेरणाको स्रोत बनिरहने छन्। यो यात्रा केवल पेशागत यात्रा होइन,मेरो जीवनको परिचय पनि हो ।
समाचारको मुद्धामा काम गर्ने क्रममा नखाएका ननिदाएका धेरै रात छन्,घरबाट फिल्ड जाने क्रममा घरपरिवार चिन्तीत हुने सायद मेरो मात्र समस्या होइन्।समाचार लेखेकै कारण सायद म मात्रै हिरासतमा बसेको छैन्।भन्ने साहस बाँकी नै छ।२०६५ पुस २७ गते नेपाली पत्रकारीतामा आबद्ध भएर हाल सम्मको १६ वर्षे यात्रा पुरा गर्दै गर्दा धेरै अग्रज र सहयात्रीहरु सञ्चारकर्मीहरुसंग काम गर्ने अवसरहरु मिले।रेडियोमा एउटा साप्ताहिक कार्यक्रम सञ्चालकको रुपमा नेपाली पत्रकारीता क्षेत्रमा प्रवेश गरेर अहिले आफ्नै छापा तथा अनलाईन सञ्चार माध्यम सञ्चालन गर्दै गर्दा पत्रकारीता र यस भित्रको दर्दको प्रत्यक्ष महसुस गर्ने अवसर मिलेको छ ।
स्वास्थ्य कर्मी बनाउने बुबा आमाको चाहनालाई मारेर आफ्नो सञ्चारकर्मी बन्ने चाहना अंगालेको म काम गर्ने सिलसिलामा नेपालका धेरै भु भागहरुमा रहेका विभिन्न सञ्चार माध्यमहरुमा कार्यक्रम प्रस्तोता देखि समाचार वाचक हुँदै कार्यक्रम प्रमुख देखि समाचार प्रमुख रस्टेशन मेनेजर सम्म भएर काम गरि सकेका ती दिनहरु वास्तवब मै नेपाली पत्रकारीताका अविस्मरणीय दिनहरु हुन ।
नेपाली पत्रकारीतामा ईमान्दार पत्रकारको अभावलाई परिपुर्ती गर्न पत्रकारीता क्षेत्रमा लागेको म कुनै अमुक दल,नेता वा आफुलाई बादसाह सम्झीनेहरु दलाल पत्रकारहरुसंग सम्झौता नगर्दा समाचार लेखेका आधारमा मुद्धा लागाउन सक्ने ठाउँ नभएपछि विभिन्न वाहनामा मुद्धा बनाई प्रहरीको हिरासतमा कुख्यात अपराधिको झैँ २८ दिन कटाएको तितो अनुभव सदा जीवित रहने छ ।पत्रकारीता क्षेत्रमा भएको कारणले परिवारलाई समय दिन पाइँदैन।परिवारको सधैँ यही गुनासो रहन्छ । पत्रकारीताको सेवामा चुनौतीहरु धेरै छन् ।निश्पक्ष पत्रकारीता गर्दा मारिएकी पत्रकार उमा सिंहले न्याय पाएकी छैन्न भने बेपत्ता पारिएका मिलन नेपाली र ठेकेन्द्रराज थापा लगायतका पत्रकारहरुको अहिले सम्मपनि अत्तोपत्तो छैन् ।
देशका दुरदराजका आवाज विहिनहरुको आवाज बन्नु पर्दा तीनै उमा सिंह,मिलन नेपाली र ठेकेन्दूराज थापाहरु बन्नु परेपनि स्वीकार गर्दै निरन्तर नेपाली पत्रकारीतामा लागेको म,दलिय आस्था वा स्वार्थ भन्दा माथि उठेर पत्रकारीता गर्ने प्रतिवद्धता जनाएका कारण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको सदस्यता पाउनबाट पटक पटक बन्चीत भएको थिए।आफुलाई नेपाली पत्रकारीताको वादसाह सम्झीने दलाल र गैर पत्रकारहरुको चंगुलमा सामेल नभएका कारण विभिन्न समयमा विभिन्न किसिमका आरोप प्रत्यारोपहरुको सामना गर्दै पत्रकारीताको १६ वर्ष बिताउँदा आफ्नै कारणले आफुलाई पछुतो लागेको कुनै ठाउँ छैन् ।
अमेरीकाको ग्रिन कार्ड पाएको म आफ्नै देशको माटोमा ढिडो सिस्नु खाने तर विदेशियर कसैको चाकरी नगर्ने अडानका कारण आज नेपाली पत्रकारीतामा निरन्तर लागि रहेको छु।काम गर्ने सिलसिलामा जीवनमा जानी नजानी भूल धेरै भए होलान्। त्यस मध्य मेरो सबै भन्दा पहिलो र घातक भूल अरुलाई चाँडै विश्वास गर्ने हो ।जो भोलिका दिनमा पुन दोहोरिने छैन् र मृत्युसँग डर कहिल्यै लाग्दैन्।
एउटा साप्ताहिक कार्यक्रम प्रस्तोता हुदैँ,क्रमागत रुपमा समाचार वाचक,कार्यक्रम प्रमुख,समाचार सहायक,समाचार प्रमुख हुदै स्टेशन मेनेजर समेत भई काम गरि सकेको मलाई नेपाली पत्रकारीताका प्राविधिक तथा शैद्धान्तीक पक्षहरुको धेरथोर ज्ञान छ ।एउटा रुदै आएको पीडितको न्यायका लागि छिटो र सकेको सहयोग गर्न पाएपछि पीडितको अनुहारमा देखिने हाँसो वा खुसी मेरो पनि खुसी हो।अन्याय,अत्याचार,भ्रष्टाचार,घुसखोर,कालोबजारी र विभेदकारीहरुले मलाई देखा साथ उनीहरुको सिर निहुरिनु पर्छ भन्ने मान्यताका साथ काम गर्छु सामान्य लाउन खान नपाएर वा नपुगेर मैले पत्रकारीता पेशा रोजेको होईन्।जसका कारण पत्रकारीताबाट धन कमाउने भन्दा पनि फरक पहिचान बनाउने मेरो पहिलो प्राथमिकतामा सधैँ रहन्छ ।आफु काम गरि रहेका मिडियाहरुले समयमै पारिश्रमिक दिउन भन्ने चाहना हो तर जुन जुन मिडियामा जोडिएर काम गरेको वा गरि रहेको छु उनीहरुबाट राज्यले तोकेअनुसारको मात्र नभई आपसी सहमतीमा भएको पारिश्रमिक पनि नपाई रहेको मेरो मात्र पीडा होईन् ।
जसका कारण मैले आफ्ने सञ्चारगृह चलाउने चाहना बनाई कमलामाई मिडिया प्रा.लि नामक सञ्चार गृह नियमानुसार दर्ता गरी सो वाट एउटा अनलाईन पत्रिका र एउटा छापा पत्रिका चलाई रहेको छु । जो आजैबाट छ वर्षमा प्रवेश गरेको छ ।विभिन्न राष्ट्रिय मिडियामा जिम्मेवारीमा रहेर काम गरेको भए पनि मेरा लागि निश्पक्ष पत्रकारिता गर्नु, दूरदराजका नागरिकका आवाज मिडियामार्फत बुलन्द पार्नु पनि सहज थिएन तर आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्दै आजवाट पत्रकारिताको १६ वर्ष पूरा गरेको छु ।यो अवधि पुरा भएको पत्तै भएन्।आवश्यकता अनुसार रातभर पनि काम गर्छु।
समाजमा अराजकता फैलाउने, अन्याय,अत्याचार,भ्रष्टाचार,घुसखोर,कालोबजारी र विभेदकारीहरुलाई निर्मूल पार्नु मेरो उद्देश्य हो र त्यो समाजलाई असर नपर्ने गरी समाजका कलंकलाई निमोठ्ने मेरो कलम कसैले कुनै अवरोध गरेर वा मेरो आवाज थुन्ने प्रयास गरेर भनौँ वा बजारमा अनावश्यक हल्ला चलाएर,मलाई अनावश्यक मुद्धा लगाएर हिरासतमा थुनेर रोकिने छैन् ।
म कसैलाई “ज्यू हजुरी”गर्दिनँ र त्यस प्रकारका गतिविधि मन पर्दैन।व्यावसायिक पत्रकारिता मेरो कर्म र धर्म हो।भन्ने सधैँ आत्मासात गरि आफ्नो कामलाई निरन्तरता दिई रहेको छु ।दिई रहने छु ।मेरो पत्रकारीताको यो १६ वर्षको यात्रा केवल पेशागत जिम्मेवारी मात्र नभई,अनुभव,चुनौती र आत्मसन्तुष्टिको गहिरो मिश्रण हो।यो समयमा समाजका विभिन्न पाटाहरू नजिकबाट बुझ्न पाउने अवसर मिलेको छ ।
यस क्रममा,नयाँ प्रविधि र डिजिटल पत्रकारिताको आगमनले चुनौती र अवसर दुवै ल्याएको छ ।बदलिँदो समयसँगै आफ्नो ज्ञान र सीप अद्यावधिक गर्नुपर्ने बाध्यता र उत्साह दुवै मेरो पत्रकारीताको १६ वर्षले के सिकायो भने सत्यका लागि दृढता,सत्यलाई प्रस्ट्याउने कलाको महत्व र समाजप्रतिको जिम्मेवारीबाट कहिल्यै पन्छिनु हुँदैन।यो यात्रा एक पेशा मात्र नभएर आफ्नो जीवन र पहिचानको अभिन्न हिस्सा हो भन्ने लागेको छ ।यो १६ वर्षले निष्पक्षता,धैर्यता र सधैं सत्यको पक्षमा उभिने साहस सिकायो ।पत्रकारिता अब केवल काम होइन,यो जीवन जिउने शैली हो भन्ने आभाष दिलाएको छ ।
अन्त्यामा
मलाई जन्म दिएर यस धर्तीमा ल्याउने बाबाआमा,पत्रकारीता पेशामा आवद्ध हुन प्रेरीत गर्नु हुने सिन्धुलीका मेरो आदरणीय दाई कृष्ण अधिकारी,समाचार लेख्न,पढ्न सिकाउने ओखलढुंङ्गाका मेरो अभिभावक पुर्ण प्रसाद न्यौपाने,विभिन्न पदिय हैसियतमा रहेर काम गर्ने अवसर सुजना गरि दिने मिडिया हाउसका सञ्चालकहरु र मिडिया हाउसहरु,पत्रकारीताको क्रममा यात्रामा जोडिनु भएका म भन्दा अग्रह आदरणीय पत्रकार ज्यूहरु,सहयात्री साथीहरु,निश्पक्ष समाचार लेखेको भन्दै विभिन्न किसिमका धाकधम्कीहरु लागाउने भ्रष्टाचारी,दलाली,कालोबजारीया र घुसखोरीहरु,माया गर्ने घृणा गर्ने सबैलाई सबैलाई र अन्त्यमा काम गराउन जान्ने तर पारिश्रमीक दिन नजान्ने मिडिया हाउसहरु प्रति आभार व्यक्त गर्दछु ।