खप्तड गोल्ड कपको पहिलो खेलमा बागमतीसंग एपिएफ १–० ले पराजीत,

1.9k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती युवा क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा जीत निकाल्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । कैलालीको धनगढीमा सुरु भएको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा बागतमी युवा क्लब सर्लाहीले एपीएफ क्लवलाई १–० गोल अन्तरले पराजीत गर्दै पहिलो क्वाटर फाईनलको यात्रा तय गरेको बागमती युवा क्लबका महा सचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।
उनका अनुसार खेल सुरु भएको तेस्रो मिनेटमा अनिल राना मगरले गरेको गोल नै बागमतीका लागि निर्णायक गोल बनेको हो । निकै उत्कृष्ट खेल प्रदर्शन गरेको बागमती युवा क्लबका सृजना क्षेत्रीले पटक पटक प्रहार गरेपनि गोल हुन सकेन् । आजबाट सुरु भएको प्रतियोगीताको क्वाटर फाईनल खेलमा अब बागमती युवा क्लब सर्लाहीले चैत्र १३ गते मनाङ मत्स्याङदी युवा क्लबसंग खेल्ने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जनाएको छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको छैटौं संस्करणको प्रतियोगिताको  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका आयोेजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए । प्रतियोगितामा ‘ए’ डिभिजनका छ टीम,विदेशी दुई टिम,मोसलको एक र आयोजक क्लब गरी १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले रु २१ लाख र उपविजेताले रु १० लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै,सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार र म्यान अफ दि म्याचलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । २०७३ सालदेखि आयोजना हुदै आएको सुदूरपश्चिम प्रदेशको परिचित प्रतियोगीताको अघिल्लो संस्करणमा पनि मोफसलको क्लब बागमती युवा क्लब ए डिभिजन लिगका एनआरटी र मछिन्द्रलाई पराजीत गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । सेमीफाईनलमा बागमती फ्रेण्ड्स क्लबसंग पराजीत भएको थियो ।
आजबाट सुरु भएको प्रतियोगीता चैत्र १८ गते सम्म सञ्चालन हुने र चैत्र १३ गते हुने पहिलो क्वाटर फाइनल खेलमा बागमतीले मनाङसंग खेल्ने बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । बागमती नगरपालिकाको संरक्षणमा खेलकुद क्षेत्रको विकासमा निरन्तर लागेको बागमती युवा क्लब मोफसलको चर्चित क्लब हो । 

सम्बन्धित समाचार