कांग्रेसको तीनपाटन गाउँ समितिको सचिवका लागि युवा नेता अधिकारीको उम्मेदवारी

220 Shares

 नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सिन्धुलीको तीनपाटन गाउँपालिकाको सचिव पदका लागि स्थानीय युवा उद्धव प्रसाद अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। गाउँ तथा नगर अधिवेशन असोज ७ र ८ गते हुने केन्द्रको कार्यतालिका अनुसार तीनपाटन गाउँपालिकाका सबै ११ वटै वडाहरुमा शौहार्दपुर्ण तरिकाले वडा अधिवेशन सम्पन्न भएको छ ।
 वडा अधिवेशन सम्पन्न भएसँगै गाउँपालिका समितिको सचिव तथा सभापतिको दौड पनि रोचक बन्दै गएको छ।यहीबीच अधिकारीले गाउँ समिित सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित आफ्नो उम्मेदवारी दिएका युवा नेता अधिकारीले संगठनलाई सुदृढ,एकताबद्ध र गतिशील बनाउने प्रतिवद्धता जनाएका छन्।कार्यकर्ताको भावना, योगदान र सम्मानलाई केन्द्रमा राख्दै पार्टीभित्र सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।
तीनपाटन गाउँपालिका–११ निवासी युवा नेता अधिकारी नेपाल विद्यार्थी संघका साथै नेपाल तरुण दल र नेपाली कांग्रेसकै विभिन्न नेतृत्व सफल रुपमा सम्हाली सकेका छन्।भलादमी युवाको पहिचान बनाएका युवा नेता अधिकारीले यस अघिको संगठन सञ्चालनको अनुभवलाई नगर नेतृत्वमा उपयोग गर्ने तयारी सहित आफुले तीनपाटन गाउंँ समितिको सचिवमा दाबी प्रस्तुत गरेका हुन्।उनको उम्मेदवारीसंगै तीनपाटन कांग्रेसभित्र आगामी नेतृत्वलाई लिएर राजनीतिक सरगर्मीसमेत बढेको छ।

सम्बन्धित समाचार