लालबन्दी नगरपालिका नगर कार्यपालिकाले पुुर्णता पायो,नगर प्रमुख उप प्रमुखमा विजेता भएपनि कांग्रेस अल्पमतमा

3.2k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाको नगर कार्यपालिकाले पुर्णता पाएको छ । कार्यपालिका सदस्यहरु चयन गर्नका लागि बुधबार भएको निर्वाचनमा दलित र अल्पसंख्यकबाट गरि जम्मा ८ जना सदस्यहरु निर्वाचित भएपछि  लालबन्दी नगरपालिकाको नगर कार्यपालिकाले पुर्णता पाएको हो।
नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) बीचको गठबन्धनबाट गरी ८ जना कार्यपालिका सदस्यहरु निर्वाचित गरेपछि लालबन्दी नगर कार्यपालिकाले पुर्णता पाएको निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जनाएको छ । माओवादी केन्द्रबाट ४ जना र एमालेबाट ४ जना  गरि जम्मा ८ जना कार्यपालिका सदस्यहरुमा निर्वाचित भएपछि नगर कार्यपालिकाले पुर्णता पाएको हो ।
निर्वाचित हुनेहरुमा माओवादी केन्द्रबाट आशा कुमारी,इन्दिरा भण्डारी,कमला स्यावा दमाई र देवानन्द पासवानका साथै नेकपा(एमाले)बाट विक्रम आछामे,सन्तवीर माझी,नैन कुमारी चौधरी र इन्दु कुमारी पौडेल निर्वाचित हुनु भएको छ ।
निर्वाचित सबै कार्यपालिका सदस्यहरुलाई  निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले बुधबार निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा लालबन्दी नगरपालिका नगर प्रमुख बासुदेव अधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । नगरपालिका नगर कार्यपालिकामा अब ९० जना जनप्रतिनिधिहरु मध्ये माओवादी केन्द्र र एमाले तथा स्वतन्त्र गरी ५१ जना र नेपाली कांग्रेसबाट ३९ जना जनप्रतिनिधिहरु चयन हुनु भएको छ । लालबन्दी नगरपालिका नगरकार्यपालिकामा अब माओवादी केन्द्र र एमाले तथा स्वतन्त्रकोस्पष्ट बहुमत पुगेको छ ।

सम्बन्धित समाचार