सर्लाहीको बागमती नगरपालिका र जनप्रतिनिधिहरुसंग रकमको डिल नमिलेपछि उनिहरुको बद्नाम गराउने काम भएको पाइएको छ । हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान सम्पादक मोतीराम खनालले बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासंग रकमको डिल गरेका र डिल नमिलेपछि बागमती नगरपालिका र जनप्रतिनिधिहरुको बद्नाम गराउने काम गरेका हुन ।
रकमको डिल नमिलेपछि हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान सम्पाक खनालले सर्लाहीका ४ जना पत्रकारहरुलाई प्रयोग गरि बागमती नगरपालिकाका नगर प्रमुख थापा र नगरपालिकाको बद्नाम र चरित्रहत्या गर्न लागिपरेका हुन ।
हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान सम्पादक खनालले केही समय पहिल देखी नगरका कर्मचारी र जनप्रतिनिधिसंग आर्थिक लाभको प्रस्ताव गर्दै आएका र आफुहरुसंग जिल्लाका पत्रकारहरुलाई त सहयोग गर्नसक्ने अवस्था छैन तपाई बाहिरको पत्रकार तपाईलाईं झन कहाँबाट सहयोग गर्नसकिन्छ ? भन्दै आफुहरुले जवाफ दिएको बागमती नगरपालिकाका नगर प्रमुख थापाले बताए ।
‘पत्रकार खनालले हुदै नभएका अनियमितताका कुरा उठाएर पैसाको बार्गेनिङ गर्दै आएका थिए ।’‘तपाईले भनेका सबै कुरा झुटा हुन् । एकपटक बागमती नगरपालिकाको भ्रमण गर्नुस सबै प्रस्ट हुनुहुन्छ । हामीले भनेका थियौँ । पछि त आधारहिन आरोप लेखेर पोष्ट गरेछन् ।’ बागमती नगरपालिकाका एक कर्माचारीले बताए ।
उनले जनप्रतिनिधिहरुसंग समेत त्यसै गरी माछा पोखरी र सडक कालो पत्रेको विषयलाई उठाएर बार्गेनिङ गरेका जनप्रतिनिधिहरुले बताएका छन् ।‘नगर प्रमुख थापाले नगरको पोखरीको नामाकरण आफ्नै नामबाट गरे रे,पोखरी खन्दा धेरै भ्रष्टचार गरे रे,कालोपत्रे गर्दा अनियमितता गरेको रे,भन्ने (रे)का फेहरिस्त सुनाएर के हो ? भने । ‘हामीले नगरका सम्पुर्ण अवस्था नगर मै छन् । जनताको प्रतिकृया जनतासंग लिनुस् । नगरपालिकामा आएर सबै कुरा प्रष्ट हुनुस् । यदि गलत गरेको भए कानुन बमोजिम सहन बुझाउन तयार छौँ । भनेको भोली पल्ट तथानाम लेखेर समाचार भन्दै छापेको देखियो ।’ एक जनप्रतिनिधिले भने ।
बागमती नगरपालिकाका नगर प्रमुख थापाले यसरी वास्तविकता बुझ्दै नबुझी कसरी लेख्नु भयो ? यो कस्ले भन्यो पुष्टि गर्नुस भन्दा,नगर प्रमुख थापाले धम्की दियो गुण्डा लगायो भनेर समाचार प्रकाशन गर्ने हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान सम्पादक खनाल लामो समयदेखी काठमाण्डौमा बसेर पत्रकारिताको हवाला दिदै धेरै स्थानिय निकायका कर्माचारीहरुका साथै जनप्रतिनिधिहरुसंग पनि भ्रामक ब्लाक मेलिङ गरि पैसा माग्ने गरेका कुरा बाहिर आएको हो ।
नगरका नागरिकले तिरेको करबाट पत्रकारको नाममा फिरौती माग्नेलाई पैसा दिन नसकेकै कारण यसरी नगर र आफ्नो बद्नाम गराउने प्रयास भएको नगर प्रमुख थापाले बताए । नगर प्रमुख थापाले आफुले आज सम्म नगरको एक रुपैंयाँ पनि अपचलन नगरेको दाबी समेत गरे ।
नगर प्रमुख थापा र नगरमाथि लगाएको आरोप पुष्टि गर्न चेतावनी
बागमती नगरपालिका÷नगर कार्यपालिकाले भ्रामक,कपोकल्पीत र आधारहिन आरोप लगाउने हिमाल पोष्ट नामक अनलाईन पोर्टल र त्यसका प्रधान संम्पादक खनाललाई समाचारको रुपमा तयार गरेको आरोप–पत्रमा उल्लेख गरिएको लाञ्छना तत्काल पुष्टि गर्न चेतावनी दिएको छ । अन्यथा कानुनी कार्वाही भोग्न तयार हुन समेत हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान सम्पादक खनाललाई सचेत गराएको छ ।
प्रधान सम्पादक खनालले लगाएको एक मात्र आरोप पुष्टि भएमा आफु जस्तो सुकै सजाय भोग्न तयार रहेको नगर प्रमुख थापाले बताए । हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान सम्पादक खनालले अरु कसैको ईसारामा आर्थिक लाभको प्रलोभनमा,हुदै नभएको कपोकल्पित र भ्रामक आधारहिन आरोप लगाएको बागमती नगरपालिकाले उल्लेख गरेको छ । नगर कार्यपालिकाले समाचार प्रकाशन भएको भोली पल्टै यस्ता अफवाहको पछि नलाग्न सम्पुर्ण नगरबासीमा आह्वान समेत गरेको थियो । भने जिल्लाका केही मिडियाकर्मीहरुले पनि सो विषयमा स्थलगत रिपोर्टीङ पनि गरेका थिए ।
प्रधान सम्पादक खनालको चाल,परिचय लुकाएर बार्गेनिङ
प्रधान सम्पादक खनालले आफ्नो परिचय लुकाएर काठमाण्डौकै एक होटलमा बसेर बार्गेनिङ गरेको तस्विर समेत सार्वजनिक भएको छ । समाचार गलत छापिएकोले खण्डन गरिदिन भन्दै अनुरोध गर्न पुगेका नगरका प्रतिनिधिसंग प्रधान सम्पादक खनालले आफ्नो नाम ईश्वर अर्याल बताएर बार्गेनिङ गरेका थिए । पछि बुझ्ने क्रममा उनी हिमाल पोष्ट नामक अनलाईन पोर्टलका प्रधान संम्पादक खनाल नै रहेका खुलेको हो । उनले नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार टंक बहादुर क्षेत्री,बरिष्ठ पत्रकार रोशन न्यौपाने,नेकपा(एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल सर्लाहीका अच्युत सापकोटा र नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियालाई प्रयोग गरेर कपोकल्पित,भ्रामक र आधारहिन आरोप लगाएका रहस्य बाहिरिएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,नेकपा(एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल सर्लाहीका सापकोटा र नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियन सर्लाहीका अध्यक्ष थपलियाले बागमती नगरपालिका र प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी (एस.पी.गौरब) र सचिव रमेश अधिकारी(रितिक)का विषयमा समाचार जन्य सामाग्री संकलन गर्ने र रिपोर्टीङ गर्ने गरेका रहस्य खुलेको हो ।
नगरबाट गएका प्रतिनिधिसंग गलत परिचय दिएका खनालले आर्थिक व्यवस्था गरिदिए तत्काल समाचार खण्डन गरिदिने र वास्तविक समाचार छापिदिने बताएका थिए । तर, नगरको तर्फबाट त्यस्तो कुनै रकम नभएकोले र नगरका नागरिकले तिरेको करको पैसा यसरी बाड्न नसक्ने बताएपछि हिमाल पोष्ट नामक अनलाईन पोर्टलमा लगातार कपोकल्पित,भ्रामक र आधारहिन कुराहरुलाई समाचारको रुपमा प्रकाशन गरिरहेका नगरपालिका कार्यलयले जनाएको छ । यसरी समाजको पहरेदार तथा राष्ट्रको चौँथो अंगको रुपमा रहेको संचार जगतलाईनै बद्नाम गराउने गरी समाचारको सामान्य मापदण्ड समेत पुरा नगरी लाखौँ नगरवासीको आस्था र नगरको समृद्धिसंग जोडिएका आयोजनाको बद्नाम गर्ने र चरित्रहत्या गर्ने जो कोहीलाई पनि कानुन अनुसार कार्वाही गर्न बागमती नगरपालिकाले सम्बन्धीत निकायसंग जोडदार मांग गरेको छ । साथै नगरले स्वच्छ र मर्यादिन पत्रकारिता तथा प्रतिष्ठित जिम्मेवार संचार गृहप्रति सदैव आफुहरु नतमस्तक रहेको बेहोरा समेत उल्लेख गरेको छ ।
नगरले गरेको राम्रा कामको समाचार लेखेको भन्दै दुई पत्रकारको समेत चरित्र हत्या
हिमाल पोष्ट नामक अनलाईन पोर्टलले बागमती नगरपालिकाले नेपाल कै सबै भन्दा ठूलो मानव निर्मित ताल निर्माण गरेको,नगर वगैँचा निर्माण गरेको,फनपार्क निर्माण गरेको,नगरको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधारहरुमा आमुल परिवर्तन ल्याएको र देशभरका नगरपालिकाहरु मध्य पाँचौँ स्थानमा पर्न सफल भएको भन्दै समाचार लेखेको विषयलाई लिएर जिल्लाका नेकपा(माओवादी केन्द्र)निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार एस.पी.गौरब र सचिव अधिकारीको चरित्र हत्या गर्ने गरी समाचार बनाएर प्रकाश नगरेको हो ।
प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार एस.पी.गौरब र सचिव अधिकारीको फोटो समेत राखि भ्रामक,कपोकल्पीत र आधारहिन समाचार प्रकाशन गर्न नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियालाई प्रयोग गरेर हिमाल पोष्ट नामक अनलाईन पोर्टलले भ्रामक,कपोकल्पीत र आधारहिन समाचार प्रकाशन गरेको हो ।
सर्लाहीको बागमती नगरपालिका १२ स्थायी ठेगाना भएका पत्रकार एस.पी.गौरब र लालबन्दी नगरपालिका १७ स्थायी ठेगाना भएका पत्रकार अधिकारीले सर्लाहीमा सक्रिय पत्रकारीता गरेपछि तर्सिएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियाले हुँदै नभएको कपोकल्पीत,भ्रामक र आधारहिन रिपोर्ट गर्ने र त्यसैलाई समाचार बनाएर हिमाल पोष्ट नामक अनलाईन पोर्टलले प्रकाशन गरेको हो ।
जिल्लामा आफ्नो एकलैटी सिन्डीकेट जारी राखेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलिया आफ्नो सिण्डीकेट तोडिने भएपछि जिल्लामा सक्रिय पत्रकारीता गरेका पत्रकार एस.पी.गौरब र अधिकारीलाई कुनै पनि बाहनामा बद्नाम गराउने र उनिहरुको चरित्र हत्या गराउने खेलमा लागेका छन् ।
कमलामाई मिडिया प्रा.लिका अध्यक्ष,सञ्चालक,प्रवन्ध निर्देशक एवम प्रधान सम्पादक तथा राष्ट्रिय समाचार समिति(रासस)र सगरमाथा टेलिभिजनका लागि सर्लाहीबाट रिपोर्टीङ गर्ने पत्रकार एस.पी.गौरब र कमलामाई मिडिया प्रा.लिका बजार व्यावस्थापक एवम न्युज २४ का लागि सर्लाहीबाट रिपोर्टीङ गर्ने अधिकारीले जिल्लाका सबैजसो स्थानका नागरिकहरुसंग सौर्हाद सम्बन्ध बनाई स्थलगत रिपोर्टीङ गर्न थालेपछि अतालिएका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियासंग राजनैतिक तथा रिपोर्टीङ गर्ने क्रममा सहयात्रा नगरेको र उनिहरुको सिण्डीकेट तोडिने त्रासमा रहेका उनिहरुले दुई पत्रकारलाई कसरी सकाउने भन्ने खेल सुरु गरेका हुन ।
उनिहरु वीच पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखा नै पत्रकारहरु सकाउने दाउमा लाग्दा नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई पत्रकार महासंघ भन्न नमिल्ने भन्ने विषयमा केही समय पहिला सामान्य मनमुटाव रहेको थियो । त्यसपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार क्षेत्री,बरिष्ठ पत्रकार न्यौपाने,प्रेस चौतारी नेपाल सर्लाहीका अध्यक्ष सापकोटा र प्रेस युनिय सर्लाहीका अध्यक्ष थपलियासंग राजनैतिक तथा रिपोर्टीङ गर्ने क्रममा सहयात्रा नगरेकै कारण दुई पत्रकारलाई कसरी सकाउने भन्ने खेल उनिहरुले सुरु गरेका हुन । भने नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नाममा लालबन्दी नगरपालिका १ स्थित सव डिभिजन वन कार्यालय लालबन्दीको माताहतमा रहेको श्री नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा काठ संकलन गरि राख्ने स्थानमा सव डिभिजन वन कार्यालय लालबन्दी र डिभिजन वन कार्यालय सर्लाहीसंग अनुमती नलिई सामुदायिक वनका अध्यक्ष उदय बहादुर कार्कीको मिलेमतोमा भवन निर्माणको काम भएको विषयमा प्रेस सेन्टर नेपाल सर्लाहीले डिभिजन वन कार्यालय सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाहीको ध्यानाकर्षण गराएको थियो । सो विषयमा पनि केही मनमुटाव रहेको पत्रकार एस.पी.गौरबले बताए ।
पत्रकार एस.पी.गौरबले भने नेपाल पत्रकार महासंघ सर्लाही शाखा नसुध्रिए यी सिन्डीकेट धारीका चरित्र र गतिविधिहरुको निरन्तर समाचार प्रकाशन गर्छु । काउन्सीलले कार्बाही गर्लाकी भन्ने डर हराई सक्यो । किनकी मैले हिमाल पोष्ट नामक अनलाईन पोर्टलले प्रकाशन गरेको समाचारको विषयमा काउन्सीलमा निवेदन दिएको करिब २ महिना पुग्यो अहिले सम्म कुनै पहल भएको छैन । यस प्रकारको काउन्सील भए वा नभए के फरक पर्ला ? उनले काउन्सीलको ढिलासुस्ती प्रति गुनासो समेत गरे ।