Close This

प्रधानाध्यापक र शिक्षक कुटपिट प्रति सुनकोशी गाउँपालिको गम्भीर ध्याकर्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१५ गते   ४८५ पटक हेरिएको

सिन्धुलीको सुनकोशी गाउँपालिका ७ स्थित गणेश मावि मझुवाका प्रधानाध्यापक नेत्र बहादुर सुनुवार र शिक्षक चित्र बहादुर भण्डारी माथि आफ्नो कार्यकक्षमै कुटपिट तथा अभद्र व्यवहार प्रति सुनकोशी गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति मार्फत ध्याकर्षण भएको जनाएको छ ।
 विज्ञप्तिमा गाउँपालिकाको तथा समग्र शिक्षा क्षेत्रको गरिमा माथि आधात पुगेको भनिएको छ । घटनासँग सम्बन्धीत सबै पक्षले आपना असन्तुष्टि तथा माग र सरोकारका विषयहरु कानुनी प्रकृयाको अबलम्बन गरी समाधान गर्ने विकल्प हुदाँ हुदै यस्ता कृयाकलापहरु अपनाउनु आफैमा निन्दनीय रहेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै घटनाको यथार्थ छानवीन गरी दोषी पक्षमाथि कानुनी कारवाही गराउन सुनकोशी गाउँपालिका सधै तयार रहेको र आगामी दिनमा यस्ता घटना नदोहोरिने आश्वासन विज्ञप्तिमा दिएको छ । सबै विद्यालय तथा शिक्षक बर्गमा अतोत्साही नभई आफ्ना शैक्षिक गतिविधिहरुलाई निरन्तरता दिनका लागि पनि गाउँपालिकाले विज्ञप्ति मार्फत आग्रह गरेको छ । उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech