अर्काकी श्रीमती मायाजालमा पार्ने मायालु गाउँपालिका अध्यक्ष वाईवा,विगारे अर्काको घर,बनाए नघर नथर

599 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले आफ्नो घर विगारेका भन्दै बागमती नगरपालिका ४ का भिम बहादुर मोक्तानले नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटिमा निवेदन दिएका छन् ।आफु वैदेशिक रोजगारीको सिलसिलामा रहेको समयमा आफ्नी श्रीमतीलाई मायाजालमा पारेर आफ्नो घर विगारेका भन्दै मोक्तानले माओवादी केन्द्र बागमती प्रदेश कमिटिका इन्चार्ज र अध्यक्षलाई सम्बोधन गरि दिएको निवेदनमा“सर्लाही जिल्ला बागमती नगरपालिका ४ मा निकै पीडा बोकेर ठूलो आतंकका साथ हाल म मेरी नाबालिग छोरीको लालनपालन गरेर बसेको छु। म श्रमिक हुँ।ज्यालादारी गरेर जीवन गुजारा गरेको छु।बागमती नगरपालिकाले सुकुम्बासीलाई दिएको जमिनमा टहरा हालेर बसेको छु।मैले २०६९ साल वैशाख ८ गते संगिता कुमारी बलसँग प्रेम विवाह गरें ।हामी दुईको दाम्पत्यबाट त्यसै वर्ष एक छोरी जन्मिइन। मेरी प्यारी श्रीमती र छोरीको सुखका लागि म वैदेशिक रोजगारीमा गएँ। तिनीहरुको सुख र खुशीका लागि मैले खाई नखाई उताबाट पैसा पठाएँ तर,श्रीमतीको भूमिका मबाट निरन्तर टाढा हुँदै गयो।मैले फोन गर्दा नउठाउने, उठाउँदा पनि कुरा गर्न नचाहने, फर्कने हुन थाल्यो ।पछि अरुहरुबाट बुझ्दा घर कौवा एग्रिकल्चर प्रा.लिलाई भाडा दिएको नक्कली कागज बनाएर छोरीलाई होस्टेलमा राखेर श्रीमतीले घर छाडेको भन्ने थाहा भयो । मलाई त्यतिबेला आकास खसेको जस्तो भयो।मलाई त्यहीं विदेशमै आत्महत्या गरौं जस्तो भयो
।मैले सबैभन्दा माया गरेकी श्रीमतीले किन यस्तो व्यवहार गरेको भन्ने भयो र,मेरी नावालिग छोरीको हालत के भयो होला भन्ने भयो ।जसको खुशीमा म विदेशमा आएको छ,अब किन बस्ने भनेर म तत्काल घर फर्कने निर्णयमा पुगेँ।कम्पनीले विदा नदिने भनेपछि म अब आत्महत्या गर्छु भनेपछि विदा दियो । बेलाबेलामा फोन उठाउँदा मेरी श्रीमतीले नेपाल नआउन भन्थिन । खतराको संकेत दिएकी थिइन ।त्यसैले कसैलाई पनि थाहा नदिई नेपाल आएँ।घर गएँ। छोरीलाई होस्टेलमा भेट्दा उसको अनुहार, हालत देख्दा टुहुरो भएको लागेर जीवनमा म त्यसरी पहिले कहिले रोएको थिइन।म बेस्सरी रोएँ।मैले छोरीलाई सँगै घर लान्छ भन्दा विद्यालय प्रशासनले दिएन।पछिमात्र छोरीलाई ल्याएर साथमा राखेको छु ।
म २०७८ साल असोज ५ गते स्वदेश आएँ ।मैले श्रीमतीको खोजीका लागि सबैतिर लागे । प्रहरी प्रशासन, नगरपालिका सबैतिर निवेदन दिएँ।तत्काल कतै फेला परिनन् । मेरो श्रीमती त्यही सालको मंसिर १३ गते घर आइन। मलाई धोका दिएको भन्दै मनमनै उनीसँग रिस
त उठेको थियो तर मेरो छोरीको लागि मैले सम्झौता गरे ।स्वीकार गरे।भोलिपल्ट मंसिर १४ गते बज्रध्वज वाइवा गाउँ आए। मलाई बोलाए।“तैले मेरो श्रीमती बज्रध्वजले लगेको भनेको होइनस, घरमा नै रहेछ त”भनेर बेस्सरी कुटे।उनीसँग रहेका १०/१२ जनाले त्यो हेरिरहे । मैले तपाईलाई दोष लगाएको छैन,हराएको श्रीमतीको खोजी गरेको मात्र भनिरहें।“आइन्दा निहुँ खोज्छस भने तलाई पनि पहिला मारेका १२ जना जस्तै मार्छु”भने ।“तँलाई र तेरो छोरी”लाई मार्छु भने ।
त्यसपछि पनि मेरी श्रीमती र मेरो सम्बन्ध राम्रै थियो । पौषको मसान्तमा उनी फेरि हिंडिन। माघको पहिलो हप्तामा फोन गरेर अब मेरो पछि नलाग्नू,यदि यसबारेमा वाहिर गएमा, मिडियामा गएमा तिमीहरुको नाममा आत्महत्या गर्छु भनेर उनले भनिन ।बज्रध्वज वाइवाले मेरा आफन्तमार्फत् बेलाबेलामा अहिले पनि मलाई धम्की दिइरहेका छन् ।सुकुम्बासीका नाममा मैले पाएको जग्गालाई पनि एक संस्थाका नाममा भाडा दिएको बनाएर बेलाबेलामा लखेट्ने बताइरहेका छन् ।मेरो श्रीमतीले छाडेको पीडा त मलाई छदैछ,मेरो र छोरीको जीवनलाई नै खतरामा पार्ने धम्की आइरहेको छ ।मेरो घर जग्गा पनि लैजाने धम्की दिइरहेका छन् ।मेरो प्राण जस्तै मेरी प्यारी छोरीको जीवन रक्षा र सम्पत्तिको रक्षाका लागि यो निवेदन दिएको छ । गलत काम व्यवहार गर्नेहरुमाथि कार्वाही होस भन्ने पनि माग राख्दछु। मेरी श्रीमती र बज्रध्वज वाइबाका बीचमा भएका कुराकानीको अडियो पनि यसैसाथ संलग्न गरेको छु । यसबारेमा पनि छानविन होस ।”भनि उल्लेख गरिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाको यति धेरै विषयहरु आइरहँदा पनि स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्र सिन्धुलीले उनैलाई उम्मेदवार बनाउनुले माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)माथि पनि शंका गर्नुपर्ने माओवादी केन्द्रका नेताहरुको भनाई छ।गाउँपालिका अध्यक्ष वाईवा दाहाल प्यानलका हुन ।उनको यो विषयमा घर वहाल सम्झौता गर्ने  बोध प्रसाद घिमिरे(हरिकृष्ण),सर्लाहीको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तान र बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण बहादुर लामालाई समेत सम्पुर्ण जानकारी भएको पाइएको छ ।पछि बोध प्रसाद घिमिरे(हरिकृष्ण) र गाउँपालिका अध्यक्ष वाईवा विच सामान्य विवाद भएपछि सो विषय बाहिरिएको हो ।यी विषयमा अन्य धेरै प्रमाणहरु कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको छ ।यस विषयमा समस्या समाधान नहुँदा सम्म हामी निरन्तर समाचार प्रकाशन गरि रहने छौँ ।

सम्बन्धित समाचार