Close This

लालबन्दी १ नवलपुरमा शारीरिक पुनस्थापना बिस्तारित केन्द्र उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-४ गते   २९४२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा प्रेरणा शारीरिक पुनस्थापना बिस्तारित केन्द्र उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग तथा ह्याण्डिक्याप ईन्टरनेशनलसंगको साझेदारीमा स्थापना भएको प्रेरणा, शारीरिक पुनस्थापना विस्तारित केन्द्रको उद्धघाटन गरिएको हो ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खड्काले विश्व औद्योगिकरण तर्फ अघि बढेसंगै दुर्घटनाका कारण मानिसका अंगभंग हुने क्रम बढेकाले अहिलेको आवस्थामा यस्ता शारीरिक पुनस्थापना केन्द्रको महत्व बढेको बताउनु भयो । उहाँले पछिल्लो समय धेरै मानिसमा हाडजोर्नी तथा नसाको समस्या भईरहेको र फिजियोथेरापी सेवाका लागि हप्तौ सम्म धाउनु पर्ने हुदाँ आर्थिक अवस्था कमजोर रहेका नागरिको पहुचमा त्यस्ता क्षेत्रमा पुग्न नसक्ने भएकाले पनि यस्ता संस्थाहरु खुल्नु आवश्यकता रहेको बताउनुभयो ।
लालबन्दी नगरपालिकासंग सहकार्य गरि पुनस्थापना बिस्तारित केन्द्र सञ्चालनमा ल्याएकोमा सहयोगी र साझेदारी संस्थालाई नगर प्रमुख खड्काले धन्यवाद दिनु भयो ।उहाँले दातृ राष्ट्रको सहयोग संगसंगै लालबन्दी नगरपालिकाले पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कर्यक्रममा प्रेरणका कार्यकारी निर्देशक कपिल पोखरेलले नेपालमा नसर्ने रोग, चोटपटक र जेष्ठ नागरिकको जनसंख्यामा भएको बृद्धिसँगै पुनस्थापना सेवाको मागमा पनि बृद्धि भएको बताउनु भयो । उहाँले नेपालमा पुनस्थाना सेवाको बढ्दो मागलाई सम्बोधन गर्ने क्षमता भने सिमित रहेको बताउनु भयो । निर्देशक पोखरेलले नेपालमा जनस्वास्थ्य ऐन भित्र फिजियोथेरापी सेवालाई एक अनिवार्य सेवाको रुपमा मान्यता प्रदान गरिएको भएता पनि यो सेवा शहरी क्षेत्रका तृतिय स्तरको अस्पतालहरुमा मात्र उपलब्ध रहेको बताउनु भयो ।
पुनस्थापना सेवा अपाङ्गता भएका व्यक्तिहरुको लागि मात्रै आवश्यक पर्ने सेवा नभई सबै मानिसलाई जीवनको कुनै न कुनै अवस्थामा आवश्यक पर्न सक्ने निर्देशक पोखरेलको भनाई छ । सेवा सञ्चालका लागि लालबनदी नगरपालिकाले अर्थिक वर्ष ०७७÷०७८ मा रु ७ लाख र ०७८÷०७९ मा रु ६ लाख सहयोग गरेको भन्दै उहाँले नगरपालिका र नगरका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुलाई धन्यवाद दिनु भयो ।
निर्देशक पोखरेलले नगरपालिका क्षेत्र भित्रका नागरिकलाई नि ःशुल्क फिजियोथेरापी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । बिहान बेलुका नै सेवा दिन आफुहरु प्रतिवद्धता रहेको निर्देशक पोखरेलले बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य प्रकाश पाख्रिन,लालबन्दी नगरपालीकाकी उप प्रमुख शान्ति लामा,लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण कुमार जोशी, लालबन्दी नगरपालिका १ का वडाध्यक्ष पन्चलाल स्याङ्गवो, ह्यान्डीक्याप – साझेदार संस्थाका प्रतिनिधि कन्चन भण्डारी, लालबन्दी जेसिजका अध्यक्ष श्याम खड्का लगायतको विशेष उपस्थिति रहेको पुनस्थापना विस्तारित केन्द्र नवलपुरका प्रमुख बेनि आलेले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech