Close This

जिल्लाबासीलाई सुरक्षीत भएको महसुस गराउछु ः प्रहरी उपरिक्षक राठौर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२१ गते   ५९४ पटक हेरिएको

पत्रकारहरुसंग भेटघाट कार्यक्रममा आफ्नो सुनाउँदै प्रहरी उपरिक्षक राठौर फोटो रितिक अधिकारी

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जिल्लामा सुरक्षा व्यावस्थालाई चुस्तदुरुस्त पार्ने बताउनु भएको छ ।  भदौ १० गते सर्लाही सरुवा भई आउनु भएका प्रहरी उपरिक्ष राठौरले जिल्लाका पत्रकारहरुसंग भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।
जिल्लाको सुरक्षा व्यावस्था अस्त व्यावस्त रहेको समयमा सर्लाहीको प्रहरी प्रमुख भएर आउनु भएका प्रहरी उपरिक्षक राठौरले सबै तह र तप्काको साथ सहयोग पाए आफ्नो कार्याकालमा सुरक्षा व्यावस्थालाई चुस्त दुरुस्त पार्ने बताउनु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको सभाहलमा भएको परिचयात्मक कार्याक्रममा भारतसंग खुल्ला सिमाना भएका कारण लागु औषध,साना हातहतियारको विगविगी र अपराधिक गतिविधि भइृ रहेको समयमा आफ्नो जिम्मेवारी महत्पुर्ण रुपमा रहेको भन्दै प्रहरीले गर्न सक्ने र गर्नु पर्ने कुनै पनि कसर बाँकी नराखी जिल्लाबासीलाई सुरक्षित रहेको महसुस गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा नदी जन्य वनजन्य पदार्थको दोहन,खुल्ला सिमानाको चरम दुरुपयोग भएको प्रहरीका घुमुवाको विगविगी रहेको भन्ने सन्दर्भमा आफ्नो गंभिर ध्यानाकर्षण भएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । उहाँले प्रहरीलाई सबै तह र तप्काले सहयोग गरे जिल्लाबासीलाई सुरक्षाको महसुस गर्न पाउने गरी काम गर्ने बताउनु भयो ।  
कार्यक्रममा जिल्लाका विभिन्न मिडिया हाउसका पत्रकारहरु तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । भने कार्यक्रममा सहभागी पत्रकारहरु तथा सञ्चारकर्मीहरुले प्रहरीलाई सुरक्षात्मक विषयमा सकेको सहयोग गर्ने बताएका छन ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech