बागमती ५ मा माेटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते

350 Shares

सर्लाहीकाे बागमती नगरपालिका ५ रेङ्बा टोल नजिकै माेटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।बागमती नगरपालिका ५ रेङ्वा टाेल नजिक पुतलि चोकबाट सोल्टी तर्फ जादै गरेको बा.प्र ०२-०२८ प ७५९७ नम्बरको माेटरसाईकल तिब्र गतिका कारण अनियन्त्रित भई सडकको साईडमा कि.मि.लेखिएको सानो पिलरमा ठोक्किदा दुई जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार माेटरसाईकल चालक बागमती नगरपालिका १० सोल्टीका अन्दाजी वर्ष २५ का यज्ञ गौतमको टाउकोमा गंभिर चोट लागेकाे र साेही माेटरसाईकलमा सवार साेही ठाउँका अन्दाजी वर्ष २७ का उबेस श्रेष्ठको टाउको र घुडामा चोट लागेकाे छ ।

माेटरसाईकलका चालक गाैतमकाे प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेकाे र श्रेष्ठलाई हरिवन नगरपालिका ११ स्थित रहेकाे स्वाभिमान अस्पताल प्रा.लिमा सामान्य उपचार पश्चात् गप उपचारका लागि काठमाडौं तर्फ पठाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।दुर्घटनामा संग्लग्न माेटरसाईकल प्रहरीको नियन्त्रणमा रहेकाे छ ।

सम्बन्धित समाचार