वर्षा,बाढी,पहिरो,दुर्घटना वा सडक अवरोध बारे अग्रिम सूचना दिने उद्देश्यले विपी राजमार्गमा जडान गरिएका आपतकालीन सूचना प्रणालीहरु वर्षोदेखि प्रयोगविहिन बनेका छन्।महोत्तरीको बर्दिवास,सिन्धुलीको सिन्धुलीमाढी र काभ्रेको धुलीखेलमा यात्रा अघि सडकको अवस्थाबारे जानकारी दिने उद्धेश्यले आपतकालीन सूचना प्रणालीहरु राखिएको भएपनि अहिले ती तीनै स्थानका आपतकालीन सूचना प्रणालीहरु विग्रेका छन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा २०७२ मा स्थापना गरिएका यी सूचना बोर्ड अहिले काम नलाने अवस्थामा बिग्रेर धुलाम्मे बनेका छन्।महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित गौरी डाँडा,सिन्धुलीमाडीस्थित नापी कार्यालय अगाडि र विपी राजमार्ग अन्र्तगत धुलीखेलमा जडान गरिएको आपतकालीन सूचना प्रणालीहरु लामो समयदेखि विग्रिएको भएपनि त्यसलाई मर्मत सम्भारमा सरोकारवाला निकायको ध्यान पुगेको छैन् ।
जडान गरेको केही वर्षसम्म आपतकालीन सूचना प्रणालीहरु चलेका भएपनि अहिले चलेका छैनन् ।राजमार्गमा पहिरो वा अवरोध हुँदा पनि कुनै सूचना नआउँदा यात्रु अन्धाधुन्ध यात्रामा निस्कन बाध्य छन् हालैको वर्षातका कारण विपी राजमार्ग पटक–पटक अवरुद्ध हुँदा आपतकालीन सूचना प्रणालीको आवश्यकता झन बढेको स्थानीय बताउँछन् । आपतकालीन सूचना प्रणालीहरु सञ्चालनमा आएमा घर मै बसेर मोबाइल मार्फत बर्दिवासदेखि धुलिखेलसम्मको एक सय ६० किलोमिटर सडक खण्डको अवस्थाबारे सहजै जानकारी लिन सकिने थियो।अर्का स्थानीयले बताए ।
आफू केही समय पहिला सडक विभागको सूचना प्रविधि शाखामा कार्यरत रहँदा यो प्रणाली पुनः सञ्चालनमा ल्याउने प्रयास गरेको सुर्यविनायक–धुलीखेल सडक आयोजनाका प्रमुख विजय महतोले बताए ।उनका अनुसार “प्रणालीको सर्वर अहिले पनि निजी परामर्शदाता कम्पनीको स्वमित्वमा छ,यो विभाग अन्र्तगत नआउँदा सम्म पूर्ण रुपमा सञ्चालन सम्भव हुँदैन्।”
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बनाएको यो प्रणाली केवल विपी राजमार्गमा मात्र नभई पृथ्वी राजमार्गसहित अन्य चारवटा मुख्य राजमार्गमा पनि जडान गरिएको थियो प्रणालीले अटोमेटिक रेनफल अब्जर्भसन मार्फत बर्दिवास,सिन्धुली,भक्तपुर र काठमाडौँको मापनका विवरण स्वचालित रूपमा अपडेट गर्ने सुविधा दिएको थियो।
२४ घण्टा सक्रिय रहनुपर्ने यी सूचना बोर्डहरूमा जडान गरिएका सोलार ब्याकअप पनि विग्रिएका छन् समयमै मर्मत र अनुगमन नहुँदा अत्याधुनिक उपकरणहरू अब केवल शो पीसमा परिणत भएका छन्।मर्मत नहुँदा ब्याट्रीदेखि इन्टरनेटसम्म सबै बिग्रिएका स्थानीयको भनाई छ।
राजमार्गमा जोखिम बढ्दै गएको समयमा यस्ता प्रविधि सञ्चालनमा ल्याउन सरकार उदासीन देखिएको छ।नेपाल पहिलो पटक जडान गरिएको यो प्रणालीले सडक सुरक्षामा ठूलो योगदान दिन सक्ने भएपनि सम्बन्धित निकायको बेवास्ता र प्रविधिको दीर्घकालीन मर्मत योजनाको अभावका कारणका कारण सडक जोखियमको सिकार स्थानीय सर्वसाधरण नागरिकहरु भई रहेका छन् ।