कारागारबाट भागेका डाँका चोरीका मुद्दाका प्रतिवादी योञ्जन पक्राउ

281 Shares

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँको जगन्नाथदेवल केन्द्रीय कारागार कार्यालयबाट फरार रहेका डाँका चोरी मुद्दाका एक प्रतिवादीलाई सर्लाही प्रहरीले  नियन्त्रणमा लिएको छ।गत जेठ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका सर्लाहीको हरिवन नगरपालिका–१ का अन्दाजी २६ वर्षिय रामलाल योञ्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार अनुसार इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा योञ्जनलाई नियन्त्रणमा लिएको हो ।
डाँका चोरी मुद्दामा जगन्नाथदेवल केन्द्रीय कारागार काठमाडौँमा कैद भुक्तान गरिरहेका योन्जन गत जेठ २४ गते देशभर चर्किएको जेनजी आन्दोलन र त्यस क्रममा सिर्जित भद्रगोलको फाइदा उठाउँदै कारागारबाट फरार भएका थिए।कारागारबाटै कैदी फरार भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र पारेको थियो।फरार भएदेखि नै प्रहरीको सुक्ष्म निगरानीमा रहेका योन्जन आफ्नै गाउँ हरिवन क्षेत्रमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारम प्रहरीले नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका योञ्जनलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार