नक्कली नोटसहित ५ जना पक्राउ र लागु औषधसहित २ जना पक्राउ

486 Shares

सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकालीबाट नक्कली नेपाली नोट सहित पाँच जनालाइ प्रहरीले पक्राउ गरेको छ।मलंगवा नगरपालिका ८ गोरखकाली स्थित सडक खण्डमा चेकजाँचमा खटिएको प्रहरी टोलीले तीन वटा मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा करिब रु दुई सय थान नक्कली नेपाली नोट सहित पाँच जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार बा ४७ प ८७५७,विआर ३० सी ४७६६ र विआर ३० एएल ३९४९ नम्बरका तीन वटा मोटरसाईकल सहित सर्लाहीको धनकौल गाउँपालिका ७ बैरियाका अन्दाजी वर्ष ४८ का दुलार सहनी,बम्हपुरी गाउँपालिका २ का अन्दाजी वर्ष ५० का रामपृत सहनी र सोही ठाउँका अन्दाजी वर्ष ३५ का सिहानता कुमारी देवी सहित महोतरीको सुनवा गाउँपालिका ७ सुन्दरपुरका अन्दाजी वर्ष ४२ का सुल्तान मंसुर उर्फ खुर्सैद र रौतहट गढीमाई नगरपालिका ९ चिलमिलिया टोलका अन्दाजी वर्ष ५६ का राम नारायण सहनीलाई काटुनमा प्याक गरी ल्याएको नेपाली नक्कली रु एक हजारका दरको तल माथि एक÷एक वटा नोट राखी बिचमा सादा सेतो पेपर राखि बनाएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैया जम्मा एक सय७६ थानको रु. एक लाख ७६ हजार नोट साईजको सेतो कागजको आठ बण्डल नियन्त्रणमा लिईएको छ । नक्कली नेपाली नोट सहित भारतबाट नेपाल तर्फ उक्त मोटरसाईकलहरु आई रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाँच जना मानिस सहित उक्त परिमाणमा नक्कली नेपाली नोट नियन्त्रणमा लिन सफल भएको हो ।
त्यसैगरी,सर्लाहीको ईश्वरपुर नगरपालिका ९ खोरीया टोलबाट ठूलो मात्रामा लागु औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणममा लिएको छ ।सर्लाहीको चक्रघाट्टा गाउँपालिका ६ का अन्दाजी वर्ष २५ का पप्पु साह र सोही ठाउँका अन्दाजी वर्ष २८ का राम दियाल महरालाई डाइक्लो फेनाक सोडियम,डाइक्लोमिन हाइड्रोक्लोराईड लगायतका प्रतिवन्धि लागु औषध सहित नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरिक्षक शान्तीराज कोईरालाले जानकारी दिए ।
उनकाअनुसार ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास र जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको संयुत्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा त्रिभुवननगरबाट बयलवास तर्फ आउँदै गरेको बा ९२ प ४८५ लाई चेकजाँच गर्दा उनीहरुलाई लागु औषध सहित नियन्त्रणमा लिईएको हो ।

सम्बन्धित समाचार