सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख र उप प्रमुख विरुद्ध परेको भ्रष्टाचार सम्बन्धी मुद्धामा विशेष अदालतले ढिलासुस्ती गरेको बागमतीका स्थानीयको आरोप छ ।बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल) निर्माणको क्रममा व्यापक अनियमितता भएको भन्दै बागमतीको विकास विरोधीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेपछि जेठ २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस लगतै निलम्वनमा परेका नगर प्रमुख भरतकुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोली माथिको मुद्धाको अनुसनधान तथा छानविन गरी मुद्धा फैसला गरि सक्ने समय भएपनि विशेष अदालतले सक्ता र शक्तिको पहुँचमा परेर ढिलासुस्ती गरेको बागमतीका स्थानीयको आरोप छ ।नगर प्रमुख थापा विरुद्ध रु पाँच करोड ३३ लाख बिगो कायम गरि गैर कानुनी सम्पती आर्जन गरेको अख्तियारको दाबी सहितको सो मुद्दा विशेष अदालतमा विचाराधिन रहेकै समयमा बागमतीको विकास विरोधीहरुले फेरी अर्काे मुद्धा हाली अख्तियारले जेठ २९ मा माछा पोखरीमा करोडौं अनियमितता गरेको भन्दै विशेष खदालतमा दोस्रो मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार सम्बन्धी मुद्धा झेलिरहेका बाग्मती नगरपालिकाका नगर प्रमुख थापा रउप प्रमुख मोक्तान सहितको टिमलाई फेरी अर्काे मुद्धा लगाएर अख्तियार सहित बागमतीको विकास देख्न नसक्ने भिजिल्यान्तेहरुले अनावश्यक दुःख दिएर बागमतीको विकासमा भाँजो हाल्ने काम गरेको स्थानीयको आरोप छ ।बागमती माछा पोखरी(भरत ताल) सर्लाहीको बागमतीको मात्र नभई मधेश प्रदेशको पर्यटकिय र बागमतीको दिर्घकालीन आयस्रोतको मुख्य आधार भएपनि सरकारको एउटा अंग अख्तियार र विशेष अदालत समेत दिर्घकालीन विकास,पर्यटन विकासका साथै आयस्रोतको विरुद्धमा लाग्नु दुखको कुरा रहेको उनीहरुको गुनासो छ ।
बागमती माछा पोखरी(भरत ताल) निर्माण गर्ने क्रममा सबै प्रकारका सरकारी प्रक्रियाहरु पुरा गरेर काम भएको भएपनि हचुवाको भरमा अख्तियारले मुद्धा मामिला गरेर विकास विरोधी गतिविधि गरेको उनीहरुको आरोप छ ।गैर कानुनी सम्पती आर्जनको वाहनामा अख्तियारमा र अख्तियारले विशेष अदालतमा दायर गरेको उजुरीमा नगर प्रमुख थापालाई फासउन नसक्ने देखेपछि राजनितिक हिसाबले फरक आस्था राख्नेहरुले बागमतीको विकास लहर देखेर आँतिएर अर्काे मुद्धा हाली नगर प्रमुख थापा सहित उप प्रमुख मोक्तान र यहाँका जनप्रतनिधिहरु र कर्माचारीहरुलाई मानसिक तनाव दिने काम गरेका बागमतीबासीको आरोप छ ।नगर प्रमुख थापा सहित उप प्रमुख मोक्तान विरुद्ध बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल) निर्माण गर्दा रु ३० करोड २९ लाख अनियमितता गरेको र रु पाँच करोड ३३ लाख अवैधानिक तरिकाले कमाएको पाइएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका थापा र उप प्रमुख मोक्तानलाई दुवै मुद्धामा फसाउन नसक्ने अवस्था देखेपछि भिजिल्यान्तेहरु फेरी छटपटाउन थालेका समेत स्थानीयले बताए ।बागमती नगरपालिकाका राजनिति हिसाबले फरक आस्था राख्ने दलहरुलाई राज्यले दिने कुनैपनि सेवा सुविधा र तलब भक्ता समेत नलिएका नगर प्रमुख थापाले बागमतीको शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युतका साथै पुर्वाधार विकासमा देशभरकै पाँचौँ स्थानमा परेको नपचेका कारण नगर प्रमुख थापा सहितको टिम विरुद्ध विभिन्न किसिमका वाधा अडचनहरु हालेका स्थानीयको आरोप छ ।