Close This

सम्झौता विपरित अवैध नदी दोहन भएको भन्दै स्थानिय प्रशासनद्धारा फुलजोर दोहन बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१२ गते   ४४१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका र इश्वरपुर नगरपालिकाको सिमाना रहेको फुलजोर खोलामाट अवैध ढङ्गले नदी दोहन भएको भन्दै स्थानिय प्रशासनले नदी दोहनलाई बन्द गरि दिएको छ । 
फुलजोर खोलाबाट अवैध ढङ्गले गिट्टी, बालुवा निकासी पैठारी गर्ने काम भएको भन्दै इलाका प्रहरी कार्यालय लालबन्दी र लालबन्दी नगरपालिकाको प्राविधिक टोलीले काम बन्द गरिदिएको हो । 
वातावरणिय मुल्यांकन प्रतिवेदन र नगरपालिकासंगको सम्झौता विपरित नदी उत्खनन्  गरेको पाइएको भन्दै तत्कालका लागि फुलजोर खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाइएको लालबन्दी नगरपालिकाका प्राविधि शाखाले बताएको छ । 
हरेक वर्ष दुइ नगरपालिकाले आलोपालो  ठेक्का लगाउने यस नदीमा यस वर्ष इश्वरपुर नगरपालिकाले भ्याट बाहेक ३१ लाखमा ठेक्का लगाएको छ । स्थानिय विकास पुर्वाधारमा नदीबाट निस्कने नदीजन्य पर्दाथको प्रयोग गर्ने सर्तमा नगरपालिकाले वातावरणिय मुल्यांकन प्रतिवेदन अनुसार ठेक्का लगाएको भएपनि ठेकेदार कम्पनी सुकन्य वशिष्ट कन्ट्रक्सनले नदीजन्य पदार्थ उत्खनन् गरि अन्यनत्रै संकलन गरिराखेको छ ।
स्थानियका अनुसार दिन दहाडै अवैध तरिकाबाट नदी उत्खनन गरेर ढुङ्ग,गिट्टी, बालुवा 
निकासी गरि नजिकैको क्रसरलाई नदी जन्य पर्दाथ दिएको पाइएको भन्दै आक्रोस व्यक्त गरि रहेको समयमा स्थानिय प्रशासन र लालबन्दी नगरपालिकाको प्राविधिक टोलीले मापदण्ड विपरित उत्खनन् गरेको पाइएको भन्दै नदी उत्खनन्मा रोक लगाएको हो । वातावरणिय मुल्यांकन प्रतिवेदनमा ५ फिट खन्ने भनि तोकिएको तर ठेकेदारले ७ फिट खनेको पाइउको भनि प्राविधिक टोलीले भनेपछि जिल्ला प्रशासन कार्यालयबाट पत्र ल्याउन भन्दै काम तत्कालका लागि रोक लगाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले बताउनु भयो ।
तर ठक्का लगाएको इश्वरपुर नगरपालिका वातावरणिय मुल्यांकन प्रतिवेदन र नगरपालिकासंगको सम्झौता विपरित अवैध तरिकाबाट नदीजन्य पदार्थको दोहन हुँदा पनि मौन देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech