सर्लाहीको क्षेत्र नम्बर १(क) का उम्मेदवार कुशवाह जनताको घरमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१६ गते   ३०७ पटक हेरिएको


सर्लाहीको क्षेत्र नम्बर १(क)का पाँच दलिय गठबन्धका उम्मेदवार जिताउन स्थानिय नेता कार्यकर्ताहरु अहिले घरघरमा टोलटोलमा पुगको छन् । सर्लाहीको क्षेत्र नम्बर १(क)मा नेकपा(माओवादी केन्द्र),नेपाली कांग्रेस,नेकपा(एकिकृत समाजवादी)लगायत पाँच दलिय गठबन्धका साझा प्रतिष्पर्धी(नेकपा(माओवादी केन्द्र)का उम्मेदवार रामचन्द्र सिंह कुशवाह जिताउन गठबन्धनका नेताकार्यकर्ताहरु अहिले घरघरमा टोलटोलमा पुगको हुन् ।
सर्लाहीको क्षेत्र नम्बर १(क) अहिले रामचन्द्रमय बनेको नेकपा(माओवादी केन्द्र)का एक नेताले बताए ।उनले गठबन्धनको नाममा अर्काेपनि उम्मेदवार खडा भएको भएपनि गठबन्धनबाट प्रतिष्पर्धीको रुपमा रामचन्द्रसिंह कुशवाहले चुनाव जित्ने दाबी गरे ।
सर्लाहीको क्षेत्र नम्बर १(क) का उम्मेदवार कुशवाह आफौ पनि अहिले जनताको घर घरमा पुगेका छन् । कुशवाह सर्लाहीको क्षेत्र नम्बर १(क)का जनताका दुःख,सुखका साथीको रुपमा विगत लामो समयदेखि लागि रहेका छन् ।भने जनताले पनि यस पटक आफुलाई मतदान गरी जिताउँने विश्वास उम्मेदवार कुशवाहले लिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech