मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री सहित सात जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह,तत्कालीन प्रदेश सचिव गजेन्द्र कुमार ठाकुर,सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापासहित सात जना तथा निर्माण कम्पनी बिकोई÷धुलिखेल जेभी,बानेश्वर,काठमाडौँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सर्लाहीको बागमती नगरपालिका–११, स्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता,लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पु¥याएको आरोपमा उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

तत्कालीन अर्थमन्त्री साह र सचिव ठाकुरसंग रु ३५ करोड बिगो मागदाबी गरिएको छ भने बागमतीका तत्कालीन नगर प्रमुख थापा,तत्कालीन नगर उपप्रमुख लिला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलका साथै निर्माण कम्पनी बिकोई÷धुलिखेल जेभी र उक्त जेभीका आधिकारीक प्रतिनिधि युवराज पोखरेलसंग रु ३९ करोड ३९ लाख ६६ हजार तीन सय ३३ र मधेस सरकारका तत्कालीन उपसचिव उद्धवराज न्यौपानेसंग रु २० करोड बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए।

उनका अनुसार बागमती नगरपालिका,सर्लाहीले आर्थिक वर्ष २०७८/०७९ मा बागमती फनपार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरण निर्माणका लागि नयाँ डीपीआर तयार गरी मूल डीपीआरमा नभएका संरचना समावेश गर्दै लागत अनुमान बढाएको,प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कनका आधार तयार गरेको तथा सीमित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको आरोप लगाईएको छ।

अनुसन्धानबाट पहिलो चरणको डीपीआरको पुनरावलोकन नगरी दोस्रो चरणको डीपीआर तयार गरिएको,आयोजनाको आवश्यकता,जोखिम विश्लेषण तथा आर्थिक सम्भाव्यताको पर्याप्त अध्ययन बिना थप संरचना समावेश गरिएको र यसबाट राज्यलाई ठुलो आर्थिक क्षति पुगेको आयोगले जनाएको छ।साथै,सार्वजनिक खरिद ऐन विपरीत मूल्याङ्कनका आधार स्वीकृत गरी निर्माण कम्पनीसँग मिलेमतोमा ठेक्का सम्झौता गरिएको साथै बिकोई÷धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि पोखरेलले मूल्याङ्कनका क्रममा झुटा तथा किर्ते कागजात पेस गरी ठेक्का प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ।