मतदातालाई धम्क्याउँदै सर्लाहीका कांग्रेस र एमाले

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२६ गते   ३७९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ का दलित समुदायलाई आफुलाई भोट नहाले आक्रमण गर्ने धम्की आएको छ । बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रममा रहेका नेपाली कांग्रेस लालबन्दी नगरपालिका २ को वडा अध्यक्ष पदका उम्मेदवार इस्तीलाल पासवान सहितको टोलीले दलित महिलाहरुलाई आफ्नो पार्टीलाई भोट नहाले जो पनि गर्ने भन्दै धम्की लगाएका नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राधेश्याम पासवानले जानकारी दिनु भयो । उहाँका अनुसार आफ्नो पार्टीलाई भोट नहाले जवरजस्तीकरणीका साथै हातपात गर्ने धम्की नेपाली कांग्रेसका उम्मेदवारहरु तथा नेताहरुबाट आएको हो ।
त्यस्तै,बरहथवा नगरपालिका १५ मा दलित समुदाय माथी कुटपिट भएको छ । बरहथवा नगरपालिका १५ का नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार राम बहादुर चौधरीका छोराले दलित समुदायमाथी कुटपिट गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एमालेबाट वडाध्यक्षका उम्मेदवार चौधरीका छोरा अजय चौधरीको समुले दलितहरुलाई कुटपिट गरेको हो । एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार चौधरीको छोरा अजय,सहित मिथुन चौधरी र मुकेश पासवान लागयतको समुहले नेपाली कांग्रेसका कार्यकर्ता बलिराम पासवान र जधु पासवानलाई कुटपिट गरेका हुन ।
कुटपिटबाट जधु पासवान गंभिर घाइते भएका छन भने बलिराम सामान्य घाइते भएका नेपाली कांग्रेस नगर कार्य समिति बरहथवाले जनाएको छ । बिगतको चुनावमा दलितकै भोटबाट निर्वाचित भएका निवर्तमान वडा अध्यक्ष समेत रहेका चौधरीका छोराहरूद्वारा दलितमाथी भएको सामुहिक हमला निन्दनीय कार्य भएको भन्दै महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव समेत रहेका नेपाली कांग्रेस सर्लाही क्षेत्र न.४ का युवा नेता निकेश त्रिपाठीले दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech