वैदेशिक रोजगारीको बाहनामा ठगी गरेको रकम फिर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-११ गते   ६०१ पटक हेरिएको

वैदेशिक रोजगारीको बाहनामा ठगी गरेको रकम फिर्ता गरी पीडितलाई हस्तान्तरण गर्दै प्रजिअ यादव र सहायक प्रजिअ घिमिरे

दुर्गा कुमारी अधिकारी 
जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगी गरेको रकम फिर्ता गराएको छ । जिल्लाको चक्रघट्टा गाउँपालिका ३ का सुर्या कुमार साहसंग इश्वरपुर नगरपालिका ३ का विरेन्द्र साहले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको रु दुई लाख रकम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव याददको पहलमा फिर्ता गराइएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेले जानकारी दिए ।


उनका अनुसार चक्रघट्टा गाउँपालिका ३ का सुर्याकी आमा रामरिखी देवीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएपछि दिएको प्रमुख जिल्ला अधिकारी यादवको पहलमा अनुसन्धान गरी ठगी गरेको रकम फिर्ता गराएका हुन ।
 वैदेशिक रोगजारीमा भएका ठगी घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिने कानूनी व्यवस्था रहेको र सोही अनुसार पीडित पक्षले उजुरी दिएपछि इश्वरपुर नगरपालिका ३ का  विरेन्द्रमाथी छानविन गरी ठगी गरेको रकम फिर्त गराईएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech