कविलासी र रामनगरमा पनि पञ्चवर्षिय गढीमाई मेला लाग्ने

328 Shares

सर्लाहीको कविलासी नगरपालिका र रामनगर गाउँपालिकामा पञ्चवर्षिय गढीमाई मेला लाग्ने भएको छ।कविलासी नगरपालिका ६ जमुनिया र रामनगर गाउँपालिका ३ खैर्वामा गढीमाई मेला लाग्ने भएको हो।यसिया मै सबै भन्दा धेरै पशुबली चढ्ने पञ्च वर्षिय गढीमाईमेला बाराको महागढीमाई नगरपालिका २ मा सुरु भएपछि सर्लाहीको पनि कविलासी र रामनगरमा पञ्चवर्षिय गढीमाई मेला लाग्ने गढीमाई मेला समितिका अध्यक्ष पुर्षोतम रायले जानकारी दिए ।
उनका अनुसार कविलासी र रामनगरमा मंसिर १४ गते  कलश यात्रा र मंसिर २० गते मेलाको उद्धघाटन गरिन साथै सोही दिन कुस्ती प्रतियोगिता पनि हुने छ ।त्यसैगरी हरेक पाँच वर्षको अन्तरालमा लाग्ने यस मेलामा भाकल गर्नेहरुले  राँगा र बोका लगायतका पशुहरुको बली दिने प्रचलन रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार