सर्लाहीको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले अन्दाजी एक लाख भन्दा बढीको भन्सार छलीका विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ।छिमेकी देश भारतबाट भन्सार छली लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाको विभिन्न क्षेत्रबाट अन्दाजी रु एक लाख एक हजार आठ सय ८० बराबरको विभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार चिनी,दाल,मटर,खुर्सानी,तेल,सरफ,नरिवलको तेल र पाईप लगायतका विभिन्न किसिमका सामानहरु गरी अन्दाजी रु अन्दाजी रु एक लाख एक हजार आठ सय ८० बराबरको रहेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्की सहित सशस्त्र प्रहरी कर्मचारीहरुले उत्त विभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।