सर्लाही क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का प्रदेशसभा सदस्य कौशल किशोर राय सम्मानित भएका छन् । नेपाल शिक्षक संघ सर्लाहीका पूर्व अध्यक्षसमेत रहेका प्रदेश सभा सदस्य रायलाई नेपाल शिक्षक संघ गाउँ समिति चन्द्रनगरले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मंसीर ४ मा नेपाली काँग्रेसको तर्फबाट सर्लाही क्षेत्र नम्बर २ प्रदेश सभा (ख)बाट प्रदेशसभा सदस्यमा राय निर्वाचित भएका थिए । त्यस्तै संघले संघका जिल्ला अध्यक्ष यमनाथ उप्रेती,संघमा आवद्ध अवकाश प्राप्त प्रध्यानाध्यापकहरु प्रावि नाडीका प्रधानाध्यापक योगेन्द्र सिंह,सोही विद्यालयका शिक्षक श्याम नारायण सिंह र प्रावि गराहटोलका प्रधानाध्यापक देवनारायण सिंहलाई पनि कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
यसैबीच संघको दोश्रो स्थानीय अधिवेशनले सुशील कुमार सिंहकै अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । अध्यक्ष सिंहकै अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का प्रदेशसभा सदस्य रायको प्रमुख आतिथ्यतामा चन्द्रनगरस्थित मरिचमान सिंह जनता माविमा भएको दोश्रो अधिवेशनले सिंहकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको महिला उपाध्यक्षमा सुशीला सिंह,उपाध्यक्षमा श्याम कुमार महतो,सचिवमा मोहन कुमार साह,अर्थ सचिवमा बच्चेलाल महतो,सहसचिवमा उपेन्द्र राय, महिला सहसचिवमा पुनम सिंह,अर्थ सहसचिवमा अजय कापर,सहसचिवमा प्रमोद पासवान र रीना साहलाई चयन गरेको छ ।
त्यस्तै समितिको सदस्यहरुमा रामध्यान महतो,जवाहार चौधरी,कुष्णा कुमारी चौधरी, कष्णाकुमारी सिंह,सिंहेश्वर राय,सुमित्रादेवी माझी,सुरेश कुमार राय,विनिता चौधरी,कविता कुमारी चौधरी,रेणु कुमारी,दिपेन्द्र सिंह,लालधारी महतो,रामनाथ महतो र कुमारी बेवी चयन भएका छन् । संघको दोश्रो अधिवेशनले नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज कुमार सिंहसहित ८ जनालाई जिल्ला अधिवेशन प्रतिनिधि चुनेको छ ।