सर्लाहीको बागमती नगरपालिकाले नेपाल सरकारकी सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्मालाई सम्मान गरेको छ । मधेश प्रदेशको अनौपचारिक भ्रमणमा निस्केकी मन्त्री शर्मालाई बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले सममान गरेकी हुन । बागमती नगरपालिकाको हरेक विकास निर्माणको काममा संघिय सरकारले सकेको सहयोग गरेको भन्दै नेपाल सरकारको प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री शर्मालाई सम्मान गरिएको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।
नेकपा(माओवादी केन्द्र)को स्थायी समिति सदस्य समेत रहेकी शर्माले २०७० सालको निर्वाचनमा जिल्लामा बसेर पार्टी र संगठन निर्माणमा ठुलो योगदान पुर्याएकी र पछिल्लो समय पनि जिल्लालाई विशेष माया गरेकी कारण कदर पत्रका साथमा सम्मान गरिएको नगर उप प्रमुख मोक्तानले बताईन् ।मधेश प्रदेशको अनौपचारिक भ्रमणमा रहेकी मन्त्री शर्माले बागमती नगरपालिकाले उत्पादन वृद्धि गर्दै नगरबासीलाई समृद्धिमा जोड्न देशभरिमै नमूना काम गरेको भन्दै प्रशंसा गरिन् । उनले माओवादी केन्द्रले नेतृत्व गरेका धेरै पालिकाहरुले राम्रो काम गरेको उल्लेख गर्दै अब पालिकाहरुविच यसरी नै उत्पादन र समृद्धिमा प्रतिष्पर्धा हुनुपर्ने बताइन् ।
बागमती नगरपालिकाले एक सय २१ विघा क्षेत्रफलमा बागमत िफिचर फन ताल(भरत ताल) निर्माण गरेर लाखौं आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउदै दैनिक एक सय बढीलाई रोजगारी सृजना गरेको,एक सय ५० विघा क्षेत्रफलमा नगर बगैचा निर्माण गरेको,पाँचतारे होटल सन्चालन गर्ने योजना सहित निर्माणको काम भई रहेको,फनपार्क निर्माणाधिन अवस्थामा रहेको, करिब सात हजार भूमिहिन,अव्यवस्थित बसोबासीहरु र सुकुम्बासीहरुको व्यवस्थापन गरेको र सामुदायिक विद्यालयहरुको भौतिक र शैक्षिक सुधार गर्दै विद्यार्थीहरुको संख्या बृद्धि गरेको बागमती नगरपालिकाकी उपप्रमुख मोक्तानले बताईन् । मधेश प्रदेशको अनौपचारिक भ्रमणमा रहेकी मन्त्री शर्माले बागमती फिचर फन ताल(भरत ताल),फनपार्क र नगर बगौचाको स्थलगत अनुगमन समेत गरेकी बागमती नगरपालिकाले जनाएको छ ।