रौतहटको वृन्दावन नगरपालिका ३ का तत्कालीन सचिव होस नारायण यादवले विवाह दर्ता प्रमाण पत्र बनाउन एक स्थानीय सेवाग्रहीसंग रु २० हजार घुस मागेका पाईएको छ ।वृन्दावन नगरपालिका ३ कै स्थानीयसंग विवाह दर्ता प्रमाण पत्र बनाउन वडा कार्यालयमा गएपछि वडा सचिव यादवले रु २० हजार घुस मागेका र रु १३ हजार रकम समेत लिएका पाइएको छ ।
करिब ३० वर्ष पहिला विवाह गरेका कपिल ठाकुर दम्पतीका एक छोरी र २ छोराको जन्म दर्ता बनाई सकेको भएपनि विवाह दर्ता नभएकाले विवाद दर्ता बनाउँन जाँदा वडा सचिव यादवले रु १३ हजार लिएपछि पीडित परिवार कमलामाई मिडिया प्रा.लिको सम्पर्कमा आएपछि सो रहस्य बाहिरिएको हो ।
हाल वृन्दावन नगरपालिका ६ का वडा सचिवमा कार्यरत यादवले रु २० हजार मागि १३ हजार रकम लिएर विवाह दर्ता प्रमाण पत्र तयार पारी दिइ सही छापा लगाई सकेका भएपनि बाँकी रु सात हजार नदिँएका कारण सचिव यादवले उक्त प्रमाण पत्र नियन्त्रणमा लिएका सेवाग्राहीको आरोप छ।
सो विषयमा वृन्दावन नगरपालिका ३ का वडा सचिव शिवजी प्रसाद साहलाई सम्पर्क गर्दा उनले सम्बन्धीत सेवाग्राहीलाई वडा कार्यालयको सम्पर्कमा आउन भने ।उनले थपे हामीले पञ्जीकरणको काममा प्रक्रियागत रुपमा गर्न मिल्ने वा नमिल्ने केही भए हेरेर सोही अनुसार गर्ने समेत बताए ।
यता,वृन्दावन नगरपालिका ३ का वडा अध्यक्ष हरिनारायण साहले कुनै व्यत्तिको स्वार्थका कारण कुनैपनि नागरिकहरु बञ्चीत हुन नहुने भन्दै पञ्जीकरणको काम वडा सचिवलाई भेटेर काम गराउन र नागरिकताको सिफारिसका मैलै गर्दीने बताए । उनले तत्कालीन सचिव यादवले सेवाग्राहीलाई अनावश्यक दुःख दिएको थापा पाएपछि कुटेर वडाबाट लखेटेको समेत बताए ।यता,वृन्दावन नगरपालिका ३ का तत्कालीन सचिव होस नारायण यादवलाई सम्पर्क गर्दा उनको फोन उठेन् ।