वितरण केन्द्र मलंगवा अन्र्तगतका क्षेत्रमा आजदेखि दुुई हप्तासम्म दैनिक ७ घण्टा बत्ती काटिने

308 Shares

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाले दुुई सातासम्म दिनभर जसो बत्ती अवरुद्ध गरेर तार फेर्ने काम गर्ने भएको छ।वितरण केन्द्रले एक सूचना जारी गर्दै पुस १५ गते अर्थात आजदेखि २९ गतेसम्म वितरण केन्द्र अन्तर्गतको सम्पूर्ण क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश कुमार यादवले जानकारी दिए ।उनका अनुसार नवलपुरस्थित ग्रिड सवस्टेशनदेखि मलंगवासम्म तानिएको ३३ केभी लाइनको पुरानो तार हटाएर नयाँ तार लगाउन दुुई सातासम्म दिनभर जसो बत्ती अवरुद्ध गरिने भएको हो ।
गएको बैशाख÷जेठमा दिनभरजसो बत्ती काटेर केही दिन तार फेर्ने काम गरेपनि त्यसबेला अत्यधिक गर्मीका कारण बत्ती अवरुद्ध गर्दा चौतर्फी गुनासो आएपछि तार फेर्ने काम रोकिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाले जनाएको छ।पछि किसानले आ–आफ्नो खेतमा धान लगाएपछि तार फेर्ने काम तत्काल अघि बढ्न सकेको थिएन् ।अहिले किसानहरुले धान भित्याएर खेत खाली गरि सकेका र गर्मी पनि नरहेकाले यही मौकामा तार फेर्ने काम गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख यादवले बताए ।उनले अहिले पनि दिनभर नै बत्ती काट्दा समस्या हुने गरेपनि यो बेलामा तार फेर्ने काम नगरे गर्मीयाममा विद्युुत् प्रवाहमा छिनछिनमै समस्या आइरहने छ ।
अत्यन्त पुरानो र कम क्षमताको तार हुँदा विशेष गरी गर्मीयाममा भार थेग्न नसकेर तार चुँडिने समस्या बारम्बार आएपछि नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरमार्फत ठेक्कामा तार फेर्ने काम हुन लागेको हो ।अहिले सय स्क्वायर एमएमको तार रहेको नवलपुर मलंगवा लाइनमा अब एक सय ५० स्क्वायर एमएमको तार हाल्न लागिएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनेन्द्र ठाकुरले बताए ।उनका अनुसार पुस १५ गतेदेखि पुुस २९ गतेसम्म वितरण केन्द्र मलंगवा अन्तर्गत पर्ने मलंगवासहित हरिपूर्वा,पर्सा,चन्द्रनगर,बम्हपुरी,कविलासी,चक्रघट्टा,कौडेना,बलरा,गोडैता,विष्णु र रामनगरलगायतका करिब एक दर्जन पालिकामा दैनिक सात घण्टा विद्युत् अवरुद्ध हुने छ ।

सम्बन्धित समाचार