जेनजी अन्दोलनमा घाइते र अपाङ्गता भएकाको वर्गिकरण गरिने

154 Shares

गएको भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका घाइतेको अवस्था अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले वर्गिकरण गर्ने तयरी गरेको छ।गृह मन्त्रालयको निर्देशन अनुसार जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिलाई सम्पर्कमा आउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेलले जानकारी दिए ।
“जेनजी प्रदर्शनका घाइतेहरुको वर्गिकरण सम्वन्धी कार्यविधि–२०८२”अनुसार गठित हुने जिल्लास्तरीय सहजीकरण समितिले घाइते तथा अपाङ्गको वर्गिकरण गर्ने भएको हो ।त्यसका लागि जिल्लास्तरीय सहजीकरण समिति गठन गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।
कार्यालयले जेनजी आन्दोलनमा घाइते भएका जिल्लाभित्रका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र र घाइते परिचय पत्र समेत लिएर सम्पर्कमा आउन आग्रह गरेको छ।जेनजी आन्दोलनको क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–५ का देवकुमार सुवेदीको काठमाडौंस्थित कालिमाटीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
मृतक सुवेदीका परिवारलाई गृह मन्त्रालयले रु १० लाख सहायता रकम र रु पाँच लाख काजकिरिया खर्च गरी रु १० लाख रकम प्रदान गरिसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार जेनजी अन्दोलनमा काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा सर्लाही घर भएका १६ जना युवा घाइते भएका छन् ।

सम्बन्धित समाचार