पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका ७ मा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाईते भएका छन्।आईतबार दिउँसो अन्दाजी १२ः५० बजे बा ८४ प ७४५६ र ज ५ प ३२८९ नम्बरको मोटरसाईकल एकआसपमा ठोक्किदा दुवै मोटरसाइकलका चालक र पछाडि सवार व्यक्तिहरु गरी चार जना घाइते भएका हुन् ।
दुर्घटनामा बा ८४ प ७४५६ नम्वरको मोटरसाइकलका चालक सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ का अन्दाजी २४ वर्षीय पंकज महतो,सोही मोटरसाइकलमा सवार चन्द्रनगर गाउँपालिका ३ कै अन्दाजी २६ वर्षीय गोविन्द पण्डित तथा ज ५ प ३२८९ नम्वरको मोटरसाइकलका चालक महोत्तरीको गौशाला नगरपालिका १२ कान्तिबजारका अन्दाजी २७ वर्षीय पंकज सिंह र सोही मोटरसाइकलमा सवार महोत्तरीको गौशाला नगरपालिका १२ कान्तिबजार कै अन्दाजी २४ वर्षीय अमित सिंह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइते मध्ये ज ५ प ३२८९ नम्वरको मोटरसाइकलका चालक महोत्तरीको गौशाला नगरपालिका १२ कान्तिबजारका पंकजको दाहिने हातको कान्छी औँला छिनेको छ भने सिंहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।अन्य तीन जना घाइतेहरुको लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिमा उपचार भई रहेको र अवस्था सामान्य रहेको सर्लाही प्रहरीले जनाएको छ ।