Close This

नेकपा लालबन्दीद्धारा नगरपालिकालाई ५ लाख नगद र खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१५ गते   ६१४ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकालाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नेकपा नगर कमिटिले नगद ५ लाख १९ हजार ७ सय ३० र ६ सय ५९ किलो चामल सहयोग गरेको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको विरुद्धमा नेपाल सरकारले घोषणा गरेको लक डाउनका कारण गरीब,विपन्न र हुदा खाने परिवारलाई राहत पुगोस भनेर खाद्यान्न र नगद सहयोग गरेको नगर कमिटिले बताएको छ ।  नेकपा जिल्ला कमिटि सदस्य राम बहादुर खड्काको  अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्धय प्रहल्दा बुढाथोकी, डाचाराज वाग्ले,पार्टी जिल्ला कमिटि अधयक्ष रेवती पन्त, सचिव कमल बुढाथोकी, राष्ट्रिय सभा सदस्य राघेश्यम पासवान,प्रदेश सभा सदस्य बेची लुगेंली,नगर प्रमुख मान बहादुर खड्का,उप प्रमुख शान्ती कुमारी लामा लगातय पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुका साथै जनप्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।
नेकपा नगरकमिटिलेआफुहरुले वडा गत रुपमा संकलन गरेको नगद  नगरले स्वास्थ्य क्षेत्रमा लगानी गरेको देख्न चाहेको बताएका नगर उप प्रमुख लामाले बताउनु भयो । भने नगर प्रमुख खड्काले नगरपालिकालाई नगद तथा खाद्यान्न सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद दिदै कोरोना विरद्धको लडाइ सकिएपछि सहयोग नगद रकमको पारदर्शी तरीकाबाट जानकारी गराउने बताउनु भयो।साथै केही दिन पहिला आएको हावाहुरी तथा असिना पानीले पारेको असरकोस्थलगत अनुगमन गरि राहत प्रदान गर्ने पनि बताउनु भएको छ ।
साथै नगरपालिका नगरमा आईपर्ने खाद्य संकट, जनचेतना अभिवृद्धि र लक डाउनको पालनाको विषयमा गंभिर भएको नगर प्रमुख खड्काले बताउनु भयो । त्यसैगरी स्थानियबासी लालचन्द्र उप्रेतीले ५हजार ५ सय र अर्का स्थानिय कृष्ण प्रसाद दाहालले ५१ हजार नगद सहयोग गर्नु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech