Close This

रौतहटकाे गरुडा र गुजरामा ३ राउण्ड गोली चल्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-४ गते   ९८२ पटक हेरिएको

रौतहटकाे गरुडा र गुजरामा मतदानको क्रममा गोली चलेको छ ।  गरुडा र गुजरा नगरपालिकाको बुथमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाकाे गुजरा नगरपालिकाको मावि कनकपुर बुथमा  १ राउण्ड र गरुडाको अमरपट्टीकाे बुथमा दुई राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी  प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
बुथमा असामान्य स्थिति सृजना भ‌एपछि प्रहरीले गोली चलाएको प्रवक्ता मल्लले बताए। घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिलाे साे क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech