नेकपा(एमाले)ले सर्लाहीबाट केन्द्रीय सदस्य भएका ५ जना नेताहरुको जिम्मेवारी तोकेको छ । पार्टीको केन्द्रीय कमिटीले एमाले सर्लाहीको इन्चार्जको रुपमा कमलादेवी महतोलाई जिम्मेवारी दिएको छ भने केन्द्रीय सदस्यहरु रन्जना सरकार, बद्री न्यौपाने, कल्पना कटुवाल र रिना साहलाई जिल्ला सह–इन्चार्जको जिम्मेवारी तोकेको छ ।
यसअघि पार्टीको जिल्ला अध्यक्ष रहेका रेवती पन्तलाई प्रदेश २ को उपाध्यक्षको जिम्मेवारी तोकिएको नेकपा(एमाले)ले जनाएको छ । नेकपा(एमाले)सर्लाहीको अध्यक्षमा हाल राजनारायण साह रहेका छन् ।